ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

‘पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन’

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार

बुटवल, १४ जेठ ।

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर प्रदेश संरचना प्रति नै रुष्ट भएको अभिव्यक्ति दिएका छन् । राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश समितिले बुटवलमा आयोजना गरेको २५ औँ वार्षिकोत्सव कार्यक्रममा उनले प्रदेश सरकार सांसदहरूमाथि गम्भीर प्रश्न उठाउँदै प्रदेश संरचना नै अनावश्यक र अनुत्पादक क्षेत्रमा राज्यको लगानी भइरहेको बताएका हुन ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी स्थित मसुरियामा प्रदेश मन्त्रालयका लागि ‘मिनी सिंहदरबार’ बनाइएको तर्फ सङ्केत गर्दै उनले अनावश्यक र अनुत्पादक क्षेत्रमा राज्यको लगानी हुन नहुने समेत बताए । रोल्पाको सन्दर्भ र केही उखान टुक्का सहित बोल्न थालेका घर्तीले देउखुरीमा बस्न बोलाउँदा पनि आफू नगएको सुनाए ।

‘म बुटवलमा बोल्दा राजधानी देउखुरी हुन हुँदैन भन्नेसँग सम्बन्धित छैन’ प्रदेश प्रमुख घर्तीले भने –‘पेटभरि खाना उब्जाउने खेत मासेर दरबार बनाउनुको अर्थ छैन ।’ उत्पादन नहुने ठाउँलाई प्रयोग गर्नुपर्ने उनको सुझाव छ । अहिले भारतीय नाकाबाट सहज रूपमै खाद्यान्न आयात भएकाले खाना पाइरहेको सन्दर्भ उल्लेख गर्दै दीर्घकालीन रूपमा खेतीयोग्य जमिन मास्दा क्षति हुने उनले सङ्केत गरे । ‘नाका खुलेको छ, कुहिएको भए पनि खाना पाएका छौँ’ प्रदेश प्रमुख घर्तीले भने ।

उनले जनप्रतिनिधिहरू मितव्ययी हुनुपर्ने बताए । उनले आफूले सांसद पद पटक पटक अस्वीकार गरेको बताउँदै प्रदेश प्रमुखका रूपमा बाँधिन विवश भएको बताए । मानवअधिकार रक्षाका सन्दर्भमा गीतबाट भाषण सुरु गरेका प्रदेश प्रमुख घर्तीले आफूले सुधारका लागि बोल्ने गरेको बताए ।

उनले प्रदेश प्रमुख भएको १० महिनाको अवधिमा एक पटक पनि हवाई जहाज नचढेको, बुटवलका २ वटा केबलकार पनि नचढेको र भत्ता लगायतका सुविधा नलिएको बताए ।

‘१० महिनामा एक पटक पनि हवाई जहाज चढेको छैन, बुटवलदेखि नुवाकोट हिँडेर गए, केबलकार चढेको छैन, भ्रमण भत्ता पनि लिएको छैन’ उनले भने –‘अनावश्यक र फजुल खर्च कटौती ठुलाबडाले नै गर्नुपर्छ ।’ उनले प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायहरूलाई जनतामा आशा जगाउने गरी काम गर्नका लागि अनुरोध गरे । उनले नेपाल विविधतायुक्त समाज भएकाले मानवअधिकार संरक्षणमा सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा रुपन्देहीका जिल्ला समन्वय प्रमुख उमाकान्त चपाईं, बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, बार एसोसियएशनका केन्द्रीय सदस्य इन्दिरा आचार्य, चेम्बर अफ कर्मश लुम्बिनीका अध्यक्ष टङ्क पोख्रेलले बोल्दै मानवअधिकार रक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । उक्त अवसरमा आयोगका लुम्बिनी प्रदेश कार्यालय प्रमुख हरिप्रसाद ज्ञवालीले संविधानले नै मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि आफूहरूलाई स्पष्ट अधिकार दिएको बताउँदै मानवअधिकारको संरक्षणमा सबै क्षेत्रको साथ सहयोगको खाँचो रहेको औँल्याए ।

कार्यक्रममा मानवअधिकार अधिकृत आशिष श्रेष्ठले संस्थाको गतिविधि प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षमा ६ वटा मात्रै उजुरी दर्ता भएको बताए । यस्तै आयोगको लुम्बिनी कार्यालय बुटवलमा ६ वटा घटनाका सन्दर्भमा परामर्श लिइएको बताए ।

यस्तै कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ लुम्बिनीका अध्यक्ष सुशिला बेल्बासे नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिने पाण्डे, उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनीका अध्यक्ष तेजकुमार पाठक, माइती नेपालका भैरहवामा प्रमुख माया क्षेत्री, मानव अधिकारका लागि एकल महिलाका अध्यक्ष रीता सेन, मानवअधिकार अधिकृत प्रिथु खतिवडा लगायतले बोल्दै मानवअधिकार आयोगलाई २५ औँ वार्षिकोत्सवको शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?