नवलपरासी, १४ जेठ ।
जिल्ला स्थित पृथ्वीचन्द्रमा झन्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदीश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरी पठाएपछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् ।
अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरीय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानीयले गरेका छन् । विगतमा पनि उनी २ वर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झन्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो ।
उक्त भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुँदै आएको भए पनि सो भवनको उद्घाटन भने हुन सकेको छैन । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उद्घाटन पनि एक साता भित्रे गराउने गरी लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । त्यसको साथसाथै आन्तरिक व्यवस्थापनमा समस्या व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।
विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरी आँखाको अप्रेसन र मिर्गौला रोगीलाई गरी डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानीयले गुनासो गर्दै आएको हुँदा त्यसलाई पनि भवनको उद्घाटनसँगै शुभारम्भ गराउने योजना समेत उनले सुनाएका थिए ।
त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको अपेक्षा समेत राखेका थिए । अस्पतालका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढ्ने समेत उनले सुनाएका थिए । चैत २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहीन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउँदा आन्तरिक व्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल व्यवस्थापनले जानकारी गराउँदै आएको थियो ।
अस्पतालका यी दुवै सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि छ, तयारी पनि भइरहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सूचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएर जडान भई रहेको अवस्थाबारे जानकारी गराएका थिए । साता भित्रै तयारी गरेर डायलासिस सेवा तथा भवन उद्घाटन कार्यमा अस्पताल प्रशासन लाग्ने अस्पतालका निमित्त मेसु डा.नुरुल होदाले बताएका थिए ।
अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाउनु पर्ने र नयाँ नयाँ सेवा सुविधा थपिँदै जिल्लावासी सहज स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने आग्रह नेकपा एमाले नवलपरासी कार्यालय सचिव रामचन्द्र भण्डारीले गरेको थिए । त्यसका लागि राजनीतिक दलको तर्फबाट सधैँ साथ र सहयोग रहने बताएका थिए । अस्पतालमा आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सीमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अप्रेसन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले सामान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भई रहेको छ । व्यवस्थापकीय अभावले सर्किजल सेवा हुन सकेको छैन ।
त्यसै गरी सघन उपचार कक्ष (आईसियु) को व्यवस्थापन पनि कमजोर हुँदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन । अस्पतालमा डेढ महिना देखि रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा बिरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परीक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० शैया अस्पतालमा बहिरङ्ग विभाग अन्तर्गत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नुपर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लागि विभाग बनाउने योजना ल्याएको थियो ।