Butwal Today

चार घण्टापछि खुल्यो राप्ती राजमार्ग

१४ जेष्ठ २०८२, बुधबार
अ+
अ-

सल्यान, १४ जेठ ।

पहिरोको कारण अवरुद्ध राप्ती राजमार्ग करिव चार घण्टापछि खुलेको छ । पहिरो हटाएपछी राप्ती राजमार्गको सल्यान–दाङ खण्ड झन्डै चार घण्टा पछि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा बुधबार बिहान करिब ४:४० बजे सडक माथिबाट ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा बन्द भएको थियो । लगातारको प्रयासपछि बिहान ८:५० देखि सडक पुर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी केशर न्यौपानेले जानकारी दिए ।