ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

पृथ्वीचन्द्र अस्पतालमा दुई महिनापछि अध्यक्ष

१४ जेष्ठ २०८२, बुधबार
१४ जेष्ठ २०८२, बुधबार
नवलपरासी, १४ जेठ ।
जिल्ला स्थित पृथ्वीचन्द्रमा झन्डै दुई दुई महिना पछि अध्यक्षको पदभार ग्रहण गर्दै अस्पतालले नेतृत्व पाएको छ । लुम्बिनी प्रदेश सरकारले नयाँ अध्यक्ष जगदीश प्रसाद चौधरीलाई अध्यक्ष छनौट गरी पठाएपछि सोमवार अध्यक्ष चौधरीले अस्पतालमा पदभार ग्रहण गरेका हुन् ।
अध्यक्षको पदभार ग्रहण पछि सेवा गुणस्तरीय हुने र सुचारु हुन नसकेका सेवा सुचारु हुने विश्वास स्थानीयले गरेका छन् । विगतमा पनि उनी २ वर्ष ३ महिना अध्यक्ष पदमा रहेर काम गरेका थिए । अध्यक्ष चौधरीको पहलमा झन्डै १८ करोड बराबरको नयाँ अस्पताल भवनको समेत शिलान्यास भएको थियो ।
क्त भवन निर्माण सम्पन्न भई अस्पतालका काम सञ्चालन हुँदै आएको भए पनि सो भवनको उद्घाटन भने हुन सकेको छैन । अहिले आफ्नै नेतृत्वमा शिलान्यास गराएको नयाँ अस्पताल भवनको उद्घाटन पनि एक साता भित्रे गराउने गरी लाग्ने पदभार ग्रहण गर्दै अध्यक्ष चौधरीले जानकारी गराएका थिए । त्यसको साथसाथै आन्तरिक व्यवस्थापनमा समस्या व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाई थियो ।
विगत ६ महिना पहिला नै अस्पतालमा आँखा उपचार विभागको स्थापना गरी आँखाको अप्रेसन र मिर्गौला रोगीलाई गरी डायलसिस सेवा तथा आईसियु सेवा सुचारु हुन नसकेको स्थानीयले गुनासो गर्दै आएको हुँदा त्यसलाई पनि भवनको उद्घाटनसँगै शुभारम्भ गराउने योजना समेत उनले सुनाएका थिए ।
त्यसका लागि नागरिक अगुवा तथा राजनीतिक दलको साथ सहयोगको अपेक्षा समेत राखेका थिए । अस्पतालका कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चुष्तदुरुष्त बनाउँदै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउनमा मिलेर अगाडी बढ्ने समेत उनले सुनाएका थिए । चैत २२ गते नै अस्पतालमा अध्यक्षको म्याद सकिएर अध्यक्ष विहीन बनेको अस्पतालमा नयाँ अध्यक्ष नआउँदा आन्तरिक व्यवस्थापनका लागि समस्या भई रहेको अस्पताल व्यवस्थापनले जानकारी गराउँदै आएको थियो ।
अस्पतालका यी दुवै सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि छ, तयारी पनि भइरहेको र निकट डायलसिस सेवा सञ्चालनका लागि तयारी भई रहेको दाबी अस्पतालका सूचना अधिकारी गोविन्द बहादुर ज्ञवालीले डायलसिसका लागि नयाँ मेसिन आएर जडान भई रहेको अवस्थाबारे जानकारी गराएका थिए । साता भित्रै तयारी गरेर डायलासिस सेवा तथा भवन उद्घाटन कार्यमा अस्पताल प्रशासन लाग्ने अस्पतालका निमित्त मेसु डा.नुरुल होदाले बताएका थिए ।
अस्पतालको सेवा प्रवाह गुणस्तरीय बनाउनु पर्ने र नयाँ नयाँ सेवा सुविधा थपिँदै जिल्लावासी सहज स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने आग्रह नेकपा एमाले नवलपरासी कार्यालय सचिव रामचन्द्र भण्डारीले गरेको थिए । त्यसका लागि राजनीतिक दलको तर्फबाट सधैँ साथ र सहयोग रहने बताएका थिए । अस्पतालमा आँखा उपचारका लागि नेत्र रोग विशेषज्ञ सीमा भण्डारी र नेत्र सहायक समेत अस्पतालमा भए पनि उचित उपकरण अभावले आँखाको अप्रेसन हुन सकेको छैन । आँखाका लागि विशेषज्ञले सामान्य आँखा परीक्षण गर्ने कार्य मात्रै भई रहेको छ । व्यवस्थापकीय अभावले सर्किजल सेवा हुन सकेको छैन ।
त्यसै गरी सघन उपचार कक्ष (आईसियु) को व्यवस्थापन पनि कमजोर हुँदा सो सेवा प्रभावकारी हुन सकिरहेको छैन । अस्पतालमा डेढ महिना देखि रेडियो लोजिस्ट डाक्टर हाजिर भएर सेवा दिँदा बिरामीको आकर्षण बढेसँगै अहिले अस्पतालमा आँखा परीक्षणका लागि विभाग खडा गर्ने जानकारी गराइएको थियो । ५० शैया अस्पतालमा बहिरङ्ग विभाग अन्तर्गत नै आँखा परीक्षणका सेवा समेत सञ्चालन गर्नुपर्ने मान्यता अनुसार अस्पतालले सो आँखा परीक्षणका लागि विभाग बनाउने योजना ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?