ट्रेंडिंग:

>> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण

महायज्ञ स्थलमा आक्रमण: विश्व हिन्दु परिषद् नेपालको विरोध, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

लुम्बिनी  ।

लुम्बिनी सांस्कृतिक नगरपालिका- ११, जितवापुरमा सञ्चालन भइरहेको विष्णु महायज्ञमाथि जेठ १० गते शनिवार राती भएको साङ्घातिक आक्रमणप्रति विश्व हिन्दु परिषद् नेपालले गहिरो दुःख, चिन्ता र आक्रोश व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत विरोध जनाएको छ।

विश्व हिन्दु परिषद् नेपाल, रुपन्देहीले प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई जेठ १२ गते सोमबार बुझाएको ज्ञापन पत्रमार्फत वैदिक महायज्ञमा भएको आक्रमणलाई आपराधिक कुकृत्य र धार्मिक सहिष्णुतामाथिको गम्भीर प्रहारको रूपमा लिँदै कडा शब्दमा निन्दा गरेको छ।
विश्व हिन्दु परिषद् नेपाल, रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले त्यस्ता घटनाहरू सामाजिक सद्भाव र धार्मिक सौहार्दमा खलल पुर्‍याउने षड्यन्त्र भएको बताए। उनले भने, ʼत्यस्ता धार्मिक कार्यक्रमहरूको सुरक्षाका लागि ठोस सुरक्षा नीति अवलम्बन गरी कडाइका साथ लागू गर्नुपर्दछ ।ʼ

घटनास्थलबाट हतियारसहित रङ्गेहात पक्राउ परेका लुम्बिनी सांस्कृतिक नगरपालिका–५ बस्ने २७ वर्षीय कलामुद्दीन मुसलमान र २६ वर्षीय रोशनअली फकीर लगायत घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको तत्काल पहिचान गरी आवश्यक कारबाही गर्न पनि जोडदार आग्रह गरिएको छ।

विश्व हिन्दु परिषद् नेपाल, रुपन्देहीका अध्यक्ष गोपाल उपाध्याय र विभागाध्यक्ष दिपक प्रसाद लोधद्वारा हस्ताक्षरित विज्ञप्तिले प्रहरी प्रशासनद्वारा तत्काल उठाइएको कदमको प्रशंसा गर्दै पीडितहरूलाई तत्काल उपचार, राहत, क्षतिपूर्ति, तथा न्यायको सुनिश्चितता गर्नुपर्ने माग अघि सारेको छ।

“धर्मो रक्षति रक्षितः” भन्ने वैदिक मूल मन्त्र उद्धृत गर्दै परिषद्ले धर्म, संस्कृति, सामाजिक तथा शान्तिमा विश्वास राख्ने सम्पूर्ण नेपाली नागरिकको भावनाको आदर गर्दै प्रशासनले घटनालाई गम्भीर रूपमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?