ट्रेंडिंग:

>> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

नेपालमा सात जनामा कोरोना पुष्टि

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

काठमाडौँ, १३ जेठ ।

नेपालमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जानकारी दिए । उनका अनुसार एक जना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना सक्रमितको स्वास्थ्य सामान्य रहेको डा‍. झाले जानकारी दिए । उनले सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । उनले भने,“कोरोना पुष्टि भएका सङ्क्रमित निको भएर घर गइसक्नु भएको छ। उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।”

राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको जानकारी दिए । उनले भने, “प्रयोगशालाले नियमित कोरोना परीक्षण गर्दै आएको छ। पहिलेदेखि नै एक दुई जनामा कोरोना पुष्टि हुँदै आएको छ। अब कोरोना सामान्य भैसकेकोले आतिुपर्दैन ।”

विश्व स्वास्थ्य संगठनले पनि विभिन्न देशका देखिएको कोरोना कडा नभएकोले नआत्तिन आग्रह गर्दै आएको छ। हाल नेपाल लगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।

ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई यदि कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गरेका छन् । उनले कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरे । उनले भने, “कोरोना नयाँ भेरिएन्ट आएको सुन्नमा आएको छैन। अहिले देखिएको कोरोनाले सामान्य रुघाखोकी जस्तै भइसकेको छ। दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती, बालबलिकालाई भने विशेष ख्याल गर्नुपर्छ ।”

नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाका, हवाई नाकामा हेल्थ डेस्क राखेको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिए । उनले भने, ‘सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ। आवश्यक परेमा परीक्षण किट तुरुन्तै पठाउने गरी तयारी गरेका छौँ ।’’ यसको साथै परीक्षण किट खरिदको लागि मन्त्रालयसँग पहल सुरु गरिसकेको इडिसिडीका निर्देशक डा. झाको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?