ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

नदीजन्य पदार्थको दोहन नियन्त्रण गर

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

आइतबार मात्रै रुपन्देही प्रहरीले रुपन्देहीको सैन मैना नगरपालिका भड्छामा नदीजन्य पदार्थ दोहनका क्रममा ६ वटा टिप्पर र जेसिबी नियन्त्रणमा लिएको छ । त्यसै गरी रुपन्देहीकै शुद्धोधनमा समेत केही दिन अघि नदीजन्य पदार्थ दोहनकै क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले टिप्पर र जेसिवी नियन्त्रणमा लियो । यी प्रतिनिधिमूलक घटना मात्रै हुन् । हरेक दिन जसो रुपन्देहीका नदीहरूबाट नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । बदलामा नियन्त्रणको प्रयास निरर्थक हुँदै छ । पालिकाहरूले सामान्य जरिवाना गरेरै छाड्ने काम गरिरहेका छन् । केही पालिकाका जनप्रतिनिधिहरू नै यस प्रकारका काममा संलग्न हुँदै आएको समेत खुलेको छ । रुपन्देहीको देव दह र पश्चिम नवलपरासीको सुनवल नगरपालिकाका नदीहरूबाट नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । नियन्त्रणको प्रयासमा भने पालिकाहरूको मौनता रहस्यमय छ । रुपन्देही र पश्चिम नवलपरासीमा मात्रै होइन, अहिले नेपालका नदीहरूमा अस्वाभाविक दोहन बढेको छ । पालिकालाई नदीजन्य पदार्थ निकाल्ने जिम्मा सरकारले दिएपछि निकै बेथिति बढेको छ ।

नेपालको प्राकृतिक स्रोत र साधनको अव्यवस्थित तवरले दोहन गर्ने प्रवृत्ति रोकिएको छैन । त्यो दोहन विगतमा पनि थियो, अहिले पनि रोकिएको छैन, अझ व्यापक भएको छ । त्यस्तो दोहन देशको हित र विकासका लागि भइरहेको छैन । निजी स्वार्थ र सम्पत्ति आर्जनका लागि भइरहेको छ । यसले भोलि आर्थिक विकास गर्नका लागि राज्य सम्बद्ध निकायलाई स्रोत र साधनको तीव्र अभाव हुन सक्छ । आर्थिक विकासमा अवरोध आउन सक्छ । प्राकृतिक साधन र स्रोतमा धेरै खालका स्रोत पर्छन्– वन, जङ्गल, पानी, ढुङ्गा, गिटी, बालुवा, माटो आदि । खास गरी यति बेला गिटी, ढुङ्गा र बालुवाको अव्यवस्थित दोहन चरम रूपमा अगाडि बढेको छ । खोला, खानी खन्ने तथा उपयोग गर्ने प्रभावकारी व्यवस्थापन छैन । अनुगमन छैन । राजनीतिक पहुँचका आधारमा विगत दुई दशकमा अव्यवस्थित रूपमा बालुवा, गिटी र ढुङ्गाको दोहन व्यापक भएको हो । कतिपय वर्तमान तथा पूर्वसांसद्, मन्त्री, राजनीतिक पार्टीका कार्यकर्तादेखि प्रहरी तथा सुरक्षा निकायका मानिससम्मको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नताका खबरहरू बारम्बार बाहिर आइरहेका छन् ।

आपराधिक पृष्ठभूमिका व्यक्तिहरूको समेत यसमा अझ बढी सक्रियता रहेको सुनिनु चिन्ताको कुरा हो । राजनीतिक तथा पदीय दुरुपयोगविना त्यस्तो संलग्नता सम्भव हुँदैन । अपराध र राजनीति मिसमास गर्ने विगतको द्वन्द्व तथा सङ्क्रमणकालीन समयको निरन्तरताका रूपमा अहिले पनि त्यस्ता प्रवृत्ति तथा घटनाहरू नियन्त्रण हुन नसक्नु भनेको दुर्भाग्य हो । प्राकृतिक स्रोत र साधनको दोहन प्रवृत्ति हरेक वर्ष ठिक यही बेला सुरु हुन्छ । यसमा राजनीति, आपराधिक पृष्ठभूमिका मानिसदेखि बाह्य प्रभावले काम गरेको छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले चुरे बचाउका लागि ल्याउनुभएको कार्यक्रमले निरन्तरता पाइरहेको छ तर चुरे भने बच्न सकेको छैन । पूर्व राष्ट्रपति यादव अहिले पनि चुरेमा भइरहेको साधन र स्रोतको दोहनप्रति चिन्ता व्यक्त गरिरहनुभएको छ ।

तर, यो विषय व्यापक बहसको विषय बन्न सकेको छैन । चुरे दोहन केवल अहिलेको घटनासित मात्र सम्बन्ध छैन । यसको लामो विगतका साथै भूराजनीतिक विकास तथा गल्ती कमजोरी पनि छन् । अवपनि यसको समयमै नियन्त्रण, अनुगमन र रोकथाम हुन सकेन भने समस्या नआउला भन्न सकिन्न । अव सरकारले कसरी हुन्छ अवैध दोहन तत्काल नियन्त्रण गरोस् । चुरे विनाशले हाम्रो समग्र वातावरण खलबलिन सक्छ । तसर्थ जति नदीजन्य पदार्थको दोहन बढ्छ, उति नै चुरे खलबलिने र खतराको सूचिमा पर्ने हुन्छ । यो विषयमा समयमै सोचिएन भने भोलीको दिनमा चुनौती खडा हुनेछ । खास गरी भोलीको पुस्ताका लागि आजदेखि नै हाम्रा अमूल्य निधिहरू जोगाउने विषयमा ध्यान जानु जरुरी छ । अमूल्य सम्पदा विनाशको असर दीर्घकालीन रूपमा नेपालको समग्र पारिस्थितिक प्रणालीमाथि पर्ने निश्चित छ । तसर्थ सम्बन्धित निकायको ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?