Butwal Today

दुर्गा प्रसाईंका बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय

१३ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं, १३ जेठ ।

राजधानीको तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुई बडिगार्ड दीपक खड्का र रामकुमार धिमालविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि उनीहरू रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई समेत मुद्दा चलाउन सिफारिस गरे पनि जिल्ला सरकारी वकिलको कार्यालयले उचित प्रमाण अभाव जनाउँदै मुद्दा नचलाउने निर्णय गरेको हो।

बडिगार्डद्वयसहित ३४ जनामाथि मुद्दा नचलाउने निर्णय गरिएको छ। उक्त निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतबाट मुक्त भएका हुन्।

तर तीनकुने घटनासँग सम्बन्धित अन्य पक्राउ परेकाहरूविरुद्ध भने मुद्दा दर्ता भइसकेको छ र उनीहरूको बयान लिने प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ।