© 2026
काठमाडौँ, १३ जेठ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक पक्राउ परेका छन् । सो अभियोगमा टोखा नगरपालिका बस्ने खोटाङ वराह पोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राईलाई प्रहरीले पक्राउ गरेको हो ।
सम्झनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।