© २०२३
काठमाडौँ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लाटिया र युएई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–२७ बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका(३ घर भएका ५८ वर्षीय सन्तकुमार चेम्जोङ र काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–५ बस्ने बारा कोल्हवी नगरपालिका–२ घर भएका ४१ वर्षीय विष्णुराज उप्रेती रहेका छन् ।
पक्राउ मध्ये सन्तकुमारले लाटिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रुपैयाँ र विष्णुराजले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ७३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तकुमारलाई काठमाडौँ महानगरपालिका–११ बाट आइतबार र विष्णुराजलाई काठमाडौँ महानगरपालिका–११ बाट शुक्रवार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।