ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

राप्ती सोनारीमा नयाँ व्यवसाय दर्ताको संख्या ह्वात्तै बढ्यो

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

नेपालगञ्ज, १३ जेठ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकामा नयाँ व्यवसाय दर्ता तथा व्यवसाय सूचिकृतको संख्या ह्वात्तै बढेको छ । पुरानो व्यवसाय नवीकरण संख्याको तुलनामा नयाँ व्यवसाय दर्ता तथा व्यवसाय सूचिकृत हुनेको संख्या ह्वात्तै बढेकोे हो ।

राप्ती सोनारी गाउँपालिका राजश्व शाखा प्रमुख मिना कुमारी श्रेष्ठका अनुसार यस वर्ष एक सय ७७ वटा व्यवसाय सूचिकृत भएका छन् भने ८२ वटा नयाँ व्यवसाय दर्ता भएका छन् । व्यवसाय नवीकरणको संख्या ३९ वटा रहेको छ । सबै भन्दा धेरै राप्ती सोनारी ८ नम्बर वडामा ७९ वटा व्यवसाय सूचिकृत भएका छन् भने सबैभन्दा थोरै २ नम्बर वडामा दुई वटा व्यवसाय रहेको छ । यस्तै नयाँ व्यवसाय दर्ता गराउने सबै भन्दा धेरै राप्ती सोनारी ९ नम्बर वडामा २० वटा रहेका छन् भने सबैभन्दा थोरै राप्ती सोनारी ७ मा एउटा मात्र रहेको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत व्यवसाय दर्ता नवीकरण तथा सूचिकृत सम्बन्धी कार्यक्रम सञ्चालन गर्दा पालिका भित्र रहेका व्यवसायीलाई व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुपर्ने र प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने कुराको जानकारी र चेतना हुनुका साथै परिमाणात्मक उपलब्धि भएको उनले बताइन् । उनले भनिन्, ‘यसअघि यहाँका सबै व्यवसायहरु नेपालगञ्ज उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा दर्ता हुँदै आएका थिए ।

पालिकाले सूचिकृत कार्यक्रम थालेपछि पालिकामा नै नयाँ व्यवसाय दर्ता तथा सूचिकृत भएका हुन् ।’ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालयमा यसअघि दर्ता भइसकेका एक सय ७७ वटा व्यवसायहरु अहिले पालिकामा सूचिकृत हुन आएको उनले बताइन् । राप्तिसोनारी गाउँपलिका अन्तर्गत सबै वडाहरुमा सञ्चालित व्यवसायको यथार्थ विवरण प्राप्त गर्ने उद्देश्यले गाउँपालिका भरी नै प्रत्येक वडा कार्यालयमा गत चैत २६ गतेदेखि व्यवसाय सूचिकृत, दर्ता तथा नवीकरण शिविर सञ्चालन गरिएको थियो ।

व्यवसायीहरुले वडामा सञ्चालित शिविरमा सूचिकृत, नयाँ दर्ता तथा नवीकरण गराएका थिए । व्यवसाय सूचिकृत, दर्ता तथा नवीकरणबाट यस चालु आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख ६४ हजार ९ सय राजश्व संकलन भएको राजश्व शाखा प्रमुख श्रेष्ठले जानकारी दिइन् । प्रत्येक वडा कर्यालयमा व्यवसाय सूचिकृत, दर्ता, तथा नवीकरण शिविर सञ्चालन भएर ठुलो राहत भएको व्यवसायीहरुले बताएका छन् । राप्ती सोनारी ३ भवनियापुर स्थित अर्पण होटल तथा किराना पसल सञ्चालन गर्दै आएका महेश रत्गैयाँले भने, ‘यही दर्ताको कामले टाढाको गाउँबाट पालिकाको कार्यालय अगैया जाँदा अटो भाडा करिव पाँच सय बढी खर्च हुने थियो, वडामै शिविर सञ्चालन भएर पैसा र समयको बचत भयो ।’ कुनै बेला सुगम जिल्लाको दुर्गम ठाउँको रुपमा परिचित बाँकेको राप्ती सोनारीमा हुलाकी रोड तथा राप्ती नदीमा पुल निर्माण भएपछि साना उद्योग तथा व्यवसाय फस्टाउँदै गएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?