ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

प्रदीप खनाललाई ‘प्रतीक ढकाल कीर्तिमान यात्राबर सम्मान २०८२’ प्रदान

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

काठमाडौं । नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाल सम्मानित भएका छन्। राजधानीमा मंगलबार आयोजित एक समारोहका बीच खनाललाई सम्मान गरिएको हो। पर्वत्य साहित्य समाज नेपालले ‘प्रतिक ढकाल कीर्तिमान यात्राबर सम्मान(२०८२’बाट खनाललाई समान गरेको हो। उक्त सम्मानको पहिलो संस्करण ‘आध्यात्मिक यात्रा, अन्तधार्मिक सहकार्य तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समर्पित’ खनाललाई दिइएको हो।

पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। खनाललाई यो सम्मान हिन्दु, बौद्ध, सिखलगायत धर्महरूको पवित्र तीर्थहरूको दर्शन, साधन र सनातन मूल्यको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त अवसरमा दार्जिलिङका प्रख्यात यात्रा साहित्यकार सालोन कार्थकलाई ‘प्रतीक ढकाल नियात्रा सौरभ पुरस्कार’ को सातौं संस्करण प्रदान गरिएको थियो। उक्त पुरस्कारको राशी ५५ हजार रुपैयाँ रहेको थियो।

समारोहका प्रमुख अतिथि वरिष्ठ साहित्यकार घनश्याम राज कर्णिकार थिए भने कार्यक्रमको अध्यक्षता प्रतीक ढकालले गरेका थिए। साथै, त्रिभुवन विश्वविद्यालयका पूर्वनेपाली विभाग प्रमुख प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल विशेष अतिथि थिए। कार्यक्रममा नेपाल र भारतका वरिष्ठ साहित्यिक, सांस्कृतिक एवम् सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

‘यो सम्मान प्रदीप खनालको लागि मात्र नभई समग्र समाजको अध्यात्मिक चेतना, सहअस्तित्व र सांस्कृतिक पुनर्जागरणप्रतिको साझा अभियानको प्रेरणास्वरूप स्थापित हो,’ संस्थाका अध्यक्ष ढकालले भने। खनालले वि.सं.२०८० असारदेखि २०८१ असारसम्म गरी भारत, महाराष्ट्र, सिरडीकी विनिता लेप्चा र मध्यप्रदेश, इन्दौरका मङ्गेश भागवतका साथ नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का र तिब्बत, चीनका चार धाम, चार आदिशक्तिपीठ, १८ महाशक्तिपीठ, ५२ शक्तिपीठ १०८ सिद्धपीठ, सप्तपुरी, शिखधर्मका ११ गुरुद्वारा र बौद्धधर्मका १३ तीर्थस्थल भ्रमण, दर्शन, पूजापाठ गरेका थिए।

साथै उनले तिब्बतको कैलाश मानसरोवरदेखि  भारतका तामिलनाडुका तीन सागरको सङ्गमस्थल कन्याकुमारी., अरुणाचलको परशुराम कुण्ड तथा पाकिस्तान, बलुचिस्तानस्थित हिङ्गलाज माता मन्दिरको अनिल कुण्डलगायत २३ कुण्ड, तलाउ, नदी र नदीका मुहानमा डुबुल्की पनि लगाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?