Butwal Today

प्रतिनिधिसभा बैठक भोलि ११ बजेसम्म स्थगित

१३ जेष्ठ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, १३ जेठ  ।

प्रतिनिधि सभाको आजको बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै संसद्मा आज अवरोध गरेका थिए।

बिहान बैठक सुरु भए लगत्तै नेकपा माओवादी केन्द्र, रास्वपालगायतले गृह मन्त्री लेखकको राजीनामा माग गरेका थिए।संसद् चल्न नदिए पछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो २:३० बजे बस्ने भनिएको थियो। सो समय सीमा भित्र पनि बैठक बस्न नसके पछि सूचना टाँस गरेर भोलि ११:०० बजेसम्मका लागि स्थगित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?