ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

“पोखरा जाऔँ प्रकृतिसँग रमाऔँ” भन्दै होटल व्यवसायी कपिलवस्तु

१३ जेष्ठ २०८२, मंगलवार
१३ जेष्ठ २०८२, मंगलवार

चन्द्रौटा, १३ जेठ ।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले “पोखरा जाऔँ प्रकृतिसँग रमाऔँ” भन्ने नारालाई सफल बनाउन आग्रह गरेकी छन् ।  कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटामा सोमबार भएको स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

पृथ्वी होटल व्यवसायी सङ्घ समिति पोखराको एक टोलीले “पोखरा जाऔँ प्रकृतिसँग रमाऔँ” भन्ने नारालाई सफल पार्न हिँडेका यात्रामा नगरपालिकाले सहयोग प्रतिबद्ध रहेको उल्लेख गरिन् । यो नारा सङ्घले मात्रै नभएर देशकै लागि गौरवकै विषय रहेकोले आन्तरिक पर्यटन प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्नेमा उनले जोड्दिइन् । उनले भनिन्, “पोखरा नेपालको गौरव हो, यो केवल पृथ्वी होटल व्यवसायी सङ्घको अभियान मात्र होइन, सम्पूर्ण देशको पर्यटन प्रवर्द्धनको लागि साझा प्रयास हो । स्थानीय तहको जिम्मेवारी भनेकै यस्ता अभियानलाई जनस्तरसम्म पु¥याउने हो ।”

उनले विदेशमा निर्माण गरिएको कृत्रिम संरचनाले होइन, स्वदेशमै रहेको प्राकृतिक सुन्दरताले रमाउनुपर्नेमा उनले जोड्दिइन् । विदेश भ्रमण गरेर खर्चिनुभन्दा पोखरा लगायत स्वदेशकै पर्यटकीय स्थानमा गई पर्यटन प्रवर्द्धनमा टेवा पु¥याई आर्थिक चलायमान गर्न उनको भनाई छ ।

यस्तै पश्चिम पर्यटन भ्रमणका संयोजक विदुर ढुङ्गानाले आफूहरू होटेल व्यवसायी मात्रै नभए पर्यटन व्यवसायी समेत रहेको बताए । पछिल्लो केही समय व्यवसायीहरूमा मर्ममा रहेको बताउँदै विदेशीनु भन्दा स्वदेशमै चलायमान हुन आफूहरू आन्तरिक पर्यटक भित्र्याउन उद्देश्यले यो यात्रामा निस्किएको बताए । पोखरामा पर्यटकहरू प्रकृतिसँग रमाउन पोखरा आउन उनले आग्रह समेत गरे ।

यसैबिच वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले भने,- “हामीले आफ्नै देशभित्र घुम्न र प्रकृतिसँग आत्मीयता बढाउनुपर्ने हो । पर्यटनले स्थानीय अर्थतन्त्र बलियो बनाउन सक्छ, त्यसैले यस्ता अभियानहरूमा हामीले निष्ठा र जोसका साथ सहभागी हुनुपर्छ ।” अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाए । उनले भने- “प्राकृतिक सुन्दरताले रमाउनु पर्दछ । हामीले नारा मात्र होइन, व्यवहारमै पर्यटन संस्कृतिको विकास गर्नुपर्छ ।”

कार्यक्रममा पोखराको पर्यटन सम्भावना, आतिथ्यता, संस्कृतिको महत्त्व र आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्ने उपायबारे छलफल गरेका थियो । पृथ्वी होटल व्यवसायी सङ्घ पोखराले सुरु गरेको यो अभियानले “पोखरा” लाई नजिकबाट चिनाउने र स्वदेशी तथा विदेशी पर्यटकहरूलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडा, भूमिराज भट्टराई, होटेल व्यवसायी सङ्घका केन्द्रीय सदस्य सुनिता पौडेल, पदम ढकाल लगायतले कार्यक्रमलाई सम्बोधन गरेका होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ कपिलवस्तुका अध्यक्ष लेखनाथ घर्तीले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?