© २०२३
दाङ, १२ जेठ ।
लुम्बिनी प्रदेश सरकारले गणतन्त्र दिवस २०८२ लाई भव्य र रचनात्मक रूपमा तीन दिनसम्म विविध कार्यक्रमसहित मनाउने भएको छ।मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन दिन विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। गणतन्त्र दिवस मूल समारोह समिति गठन गरी जेठ १४, १५ र १६ गते विशेष कार्यक्रमहरू आयोजना गरिनेछ।
मुख्यमन्त्री आचार्यले बैठकलाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै त्यसको संरक्षणमा सबै एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
“गणतन्त्र र यसको उपलब्धिका विरुद्ध केही तत्त्वहरू सक्रिय हुन खोजिरहेका छन्। हामी गम्भीर र संवेदनशील भएर यसको रक्षा गर्नुपर्ने जिम्मेवारीमा छौँ,” उनले भने।
तीन दिनका कार्यक्रम यस्ता छन्:
सरकारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र उपलब्धिहरूलाई जनस्तरसम्म पुर्याउने उद्देश्यले दिवसलाई रचनात्मक रूपमा मनाउन लागेको जनाएको छ।