ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चौका हान्ने पहिलो एसियन क्रिकेटर

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

काठमाडौँ, १२ जेठ ।

आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिँदै छ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुङ्गो लगाउने छ। यस खेलमा बेंगलुरुले लखनउलाई ठुलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एक पटक पनि आइपिएलको उपाधि जित्न सकेको छैन, त्यसैले टोलीले यो सिजन जितको खडेरी अन्त्य गर्ने प्रयास गर्नेछ। साथै, यो सिजन आइपिएल इतिहासमा सबै समयको कीर्तिमान पनि तोड्न सक्ने ठाउँ देखिएको र खासमा विराट कोहली त्यसको धेरै नजिक छन्।

आइपिएलको इतिहासमा सबैभन्दा बढी चौका प्रहार गर्ने कीर्तिमान शिखर धवनको नाममा छ, जसले २२२ खेलको २२१ इनिङ्समा ७६८ चौका प्रहार गरेर सो  रेकर्ड कायम गरेका हुन् ।  यो सूचीमा विराट कोहली दोस्रो स्थानमा छन्, जसले २६४ खेलको २५६ इनिङ्समा ७५६ चौका प्रहार गरिसकेका छन् । यस्तो अवस्थामा विराट कोहलीसँग यो सिजनमा धवनलाई पछाडि छोड्ने सुनौलो मौका रहेको छ, त्यसका लागि कोहलीलाई मात्र थप १३ चौका चाहिन्छ।आरसीबी प्लेअफका लागि छनोट भएको छ । यस्तो अवस्थामा कोहलीले कम्तिमा एक थप खेल खेल्नेछन् अर्थात् बाँकी दुई खेलमा कोहलीले १३ चौका प्रहार गरे भने उनले आइपिएल इतिहासकै सबैभन्दा ठुलो कीर्तिमान बनाउन पाउने छन् ।

विराट कोहलीले यो सिजन पनि ५०० भन्दा बढी रन बनाइसके छन् । चालू सिजनमा उनले हालसम्म १२ खेलमा १२ इनिङ्समा ६०.८८ को औसत र १४५.३५ को स्ट्राइक रेटमा ५४८ रन बनाएका छन् र उनी ओरेन्ज क्यापको दाबेदारको सूचीमा रहेका छन् । र, कोहलीले यो सिजन सात अर्धशतक पनि बनाइ सकेका  छन् । यस अवधिमा उनको ब्याटबाट ५१ चौका र १९ छक्का निस्केका थिए । कोहली यस सिजन बेंगलुरुका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

साथै, यदि कोहलीले मंगलबार आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे भने उनी टी–२० क्रिकेटमा १२०० चौका प्रहार गर्ने पहिलो भारतीय खेलाडी पनि बन्ने छन्। टी–२० क्रिकेटमा हालसम्म तीन ब्याट्सम्यान एलेक्स हेल्स, डेभिड वार्नर र जेम्स भिन्सले मात्र यो रेकर्ड बनाउन सकेका छन्। यदी, त्यो पुरा गरे भने कोहली १२ सय चौका प्रहार गर्ने पहिलो एसियाली ब्याट्सम्यान पनि बन्नेछन् । कोहलीले ४११ टी–२० खेलमा ११९५ चौका प्रहार गरिसकेका छन् । टी–२० क्रिकेटमा कोहलीले ४१.९८ को औसत र १३४.६२ को स्ट्राइक रेटमा १३ हजार ४३४ रन बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?