Butwal Today

कांग्रेसको दावी – भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक निर्दोष छन्

१२ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले मन्त्री लेखकलाई अनियमिततामा संलग्न नभएको ठहर गर्दै उनलाई जबरजस्ती जोडेर अफवाह फैलाइएको बताएको छ। कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पनि यस्तै दाबी गरेका छन्।

तर, अर्कोतर्फ नेकपा माओवादी केन्द्रले भने भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका गृहमन्त्री लेखकलाई राजीनामा दिन सुझाव दिएको छ। आज बसेको माओवादी पदाधिकारी बैठकले प्रश्न उठेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उचित हुने निष्कर्ष निकालेको छ।

यसैबीच, माओवादीले नेसपा र नेवा राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय समेत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?