Butwal Today

दुर्गा प्रसाईँसहित ५० जनासँग बयान लिने प्रक्रिया सुरु

१२ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

चर्चित तीनकुने घटनामा संलग्न भनिएका प्रतिवादीहरूमाथि काठमाडौँ जिल्ला अदालतमा बयान लिने प्रक्रिया सुरु गरिएको छ। न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईँसहित ५० जना प्रतिवादीको बयान र थुनछेक प्रक्रिया चलिरहेको छ।

यसैगरी, भाटभटेनी लुटकाण्डमा संलग्न भनिएका ११ जनाको बयान र थुनछेक प्रक्रिया न्यायाधीश पदमराज पाण्डेको इजलासमा भइरहेको छ। उनीहरूमाथि सरकारी वकिलले आपराधिक उपद्रवको कसुरमा अभियोजन गरेका हुन्।

दुवै घटनामा संलग्न भनिएका अभियुक्तहरूका बारेमा अदालती प्रक्रिया अगाडि बढिरहेको छ भने थप कानुनी कारबाहीको तयारी भइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?