ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

थपिँदै एचआइभी सङ्क्रमित

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

कपिलवस्तु , १२ जेठ ।

जिल्लामा सन् २०२४ को अवधिमा २६ जना नयाँ एचआइभीका सङ्क्रमित थपिएका छन् । सन २०२४ को अवधिमा एआरटी सेन्टरमा ८ सय ८० जनाको परामर्श पछि एचआइभीको सङ्क्रमणको परीक्षणका क्रममा २० जनामा नयाँ सङ्क्रमण फेला परेको एएचएफका तर्फबाट कपिलवस्तु अस्पतालमा रहेको एआरटी केन्द्रकी परामर्शदाता कुसुम थापाले जानकारी दिइन ।

नयाँ सङ्क्रमित मध्ये १२ पुरुष, ७ महिला र एक जना तेस्रो लिङ्गी रहेको जनाइएको छ । त्यसैगरि समुदाय स्तरमा २ सय ८ जना शङ्कास्पद सङ्क्रमित केन्द्रित गरिएको परीक्षणका क्रममा थप ६ जना नयाँ सङ्क्रमित फेला परेको जनाइएको छ । सो अवधिमा एआरटी सेन्टरमा सेवा लिन आउने सङ्क्रमितको सङ्ख्या ४० थपिएको छ ।

जिल्ला अस्पतालमा रहेको एआरटी सेन्टरमा सन् २०२४ को अवधिमा ७ सय ९९ एचआइभी सङ्क्रमित दर्तामा रहेको जनाइएको छ । जस मध्ये एआरटी सेन्टरमा सन् २०२४ को अवधिमा एआरभिको औषधी उपचारको सेवा लिने सङ्क्रमितको सङ्ख्या ४ सय ९९ रहेकोमा यो बर्ष ११ जना सङ्क्रमितको मृत्यु भई हाल ४ सय ८८ जनाले नियमित उपचार सेवा लिँदै आएको परामर्शदाता थापाले जनाइन ।

सोही अवधिमा एआरटी सेन्टरबाट ९ जना सङ्क्रमित आमाले बच्चामा एचआइभीको सङ्क्रमण हुन नदिन (पिएमटीसिटी) सेवा लिएर सङ्क्रमण नभएका स्वास्थ्य बच्चा जन्माएको जनाइएको छ । सङ्क्रमितलाई एआरटी सेन्टरमा सेवा लिन प्रोत्साहित गर्न अस्पताल र समुदाय स्तरमा सचेतनाका कार्यक्रम गर्ने गरिएको जनाइएको छ । एआरटी सेन्टरमा सङ्क्रमितलाई दिईने एआरभी (एन्टीरेट्रो भाइरल) औषधीले सङ्क्रमितको शरीरमा रहेको एचआइभीको भाइरल लोड कम गर्ने काम गर्दछ । जसका कारण सङ्क्रमितले अरूलाई सङ्क्रमण सार्न सक्ने सम्भाव्यता घटाउने काम गर्दछ ।

त्यसैगरि एआरभीका कारण शरीरमा सिडीफोर सेलको सङ्ख्यामा वृद्धि आई रोग सँग लड्न सक्ने क्षमतामा सुधार आउँदै जान्छ । पछिल्लो समय सेन्टरमा रहेको सिडीफोर सेल गणना गर्ने मेसिन बिग्रिएका कारण रगतको नमुना परीक्षणका लागी अन्यत्रै पठाउनु पर्ने बाध्यता देखिएको छ ।

परियोजनाका उद्देश्यहरूमा मुख्य लक्षित समुदाय केन्द्रित एचआईपी रोकथाम, जाँच तथा लिंकेज सेवामा सुधार र विस्तार गर्नु, एआरटी केन्द्रहरूमा गुणस्तरीय उपचार, हेरचाह तथा सेवाको पहुँचमा वृद्धि गर्ने, सेवा गुणस्तरीय बनाउन समन्वय, सञ्जाल करण र वकालतलाई बलियो बनाउने रहेको एएचएफका कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिए । पछिल्लो समय आप्रवासीहरूमा सङ्क्रमण बढी देखिन थालेकाले सजगता अपनाउनु पर्नेमा उनले जोड् दिए ।

सचेतना अभावका कारण किशोरावस्थामै असुरक्षित यौन सम्बन्ध राख्ने र सोको जोखिम कम गर्ने भन्दै आकस्मिक परिवार नियोजनका साधन प्रयोग गर्ने, एचआइभी सङ्क्रमण बारेको गम्भीरता र सजगता घट्दै गएको र सङ्क्रमणको तथ्याङ्कमा सो क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी निकायहरू बिचको एकरूपता हुनुपर्नेमा सहभागीहरूको जोड थियो ।

एचआइभी सङ्क्रमण रोकथाम क्षेत्रमा क्रियाशील सङ्घ संस्थाको कार्यक्रम र तथ्याङ्कहरूमा एकरूपता ल्याउन स्वास्थ्य कार्यालयले समन्वय र सञ्जाल करण गर्न भूमिका खेल्नु पर्ने जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले सुझाव दिए । सङ्क्रमितलाई गरिने हेय, भेदभाव, लाञ्छना र सामाजिक बहिष्कारका घटना रोक्न सबै पक्षको सजगता आवश्यक रहेको कपिलवस्तु नगरपालिकाका सामाजिक विकास शाखाका प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले बताए । रणनीतिक योजना सहित सङ्क्रमण र सङ्क्रमितलाई खोजी केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्नु पर्ने श्रेष्ठले सुझाव दिए । एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) को सहयोगमा कपिलवस्तु नगरपालिकाले कार्यक्रमको आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?