Butwal Today

जाजरकोटलाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प

१२ जेष्ठ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ ।

सोमबार दिउँसो जाजरकोट जिल्लाको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प दिउँसो २ बजेर २४ मिनेट जाँदा महसुस गरिएको हो।

यसअघि, जेठ २ गते बैतडीको खलंगा केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प गएको थियो। पछिल्लो समय देशका विभिन्न भागहरूमा सानातिना भूकम्पहरू दोहोरिइरहेका छन्। जाजरकोटमा गएको भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण सार्वजनिक भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?