ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादी केन्द्रमा फर्किए, सचिव जिम्मेवारी पाउने

१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

काठमाडौँ ।

नेपाल समाजवादी पार्टी (नेसपा) का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ सोमबार ललितपुरको ग्वार्कोमा आयोजित एकता सभामा नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन्। दुई पार्टीबीच भएको ५ बुँदे सहमतिअनुसार श्रेष्ठलाई माओवादीमा सचिवको जिम्मेवारी दिइने भएको छ।

लामो समय वामपन्थी राजनीतिमा सक्रिय श्रेष्ठले २०७२ सालमा माओवादी पार्टी छोडेका थिए। त्यसपछि उनले डा. बाबुराम भट्टराईको नयाँ शक्ति अभियानमा काम गरेका थिए। नयाँ शक्ति नेपालको निर्वाचनमा पराजयपछि यसले संघीय समाजवादी पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी (जसपा) गठन गर्यो।

२०७९ मा भट्टराई नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन हुँदा श्रेष्ठ सह–अध्यक्ष बनेका थिए। २०७९ निर्वाचनअघि नै माओवादीसँग एकताको पहल गर्दै आएका श्रेष्ठको नेतृत्वमा नेसपाले माओवादीसँग वार्ता गरी एकता प्रक्रियामा अघि बढेको थियो।

तर, बाबुराम भट्टराई अन्तिम समयमा एकता प्रक्रिया छोडेपछि श्रेष्ठले अर्का अध्यक्ष महिन्द्र राय यादवलाई साथ दिँदै पार्टी पुनर्गठन गरे। यादवले लामो समय एकता प्रक्रिया टारेपछि सोमबार श्रेष्ठको नेतृत्वमा पुनः नेसपा पुनर्गठन गरी माओवादीसँग एकता घोषणा गरिएको हो।श्रेष्ठले एकताबाट पार्टीको नाम, झण्डा, वैचारिक विषयहरू महाधिवेशनले टुङ्ग्याउने गरी सहमति भएको बताए।

गंगानारायण श्रेष्ठको परिचय
श्रेष्ठ सिन्धुली जिल्ला साविक सिद्धेश्वर गाविस (हाल कमलामाई नगरपालिका–५) मा २०२६ साल फागुन १० गते जन्मिएका हुन्। जनयुद्धकालमा ‘प्रभात’ उपनामले चिनिएका श्रेष्ठ त्रिभुवन विश्वविद्यालयबाट सामाजशास्त्र र नेपाली विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरिसकेका छन्।

उनले २०४३ सालमा अनेरास्ववियुबाट राजनीति सुरु गरे र २०४५ सालमा नेकपा (मसाल) मा प्रवेश गरे। २०५२ सालमा अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय महासचिव भएका श्रेष्ठ २०५३ सालमा पक्राउ परेर पाँच वर्ष जेल सजाय भोगेका थिए।

श्रेष्ठ २०६० सालमा नेकपा (माओवादी)को वैकल्पिक केन्द्रीय सदस्य, २०६३ सालदेखि २०६४ सम्म अन्तरिम व्यवस्थापिका सदस्य र २०७१ मा माओवादी पोलिटब्युरो सदस्य बने। त्यसपछि नयाँ शक्ति पार्टी, जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीमा सक्रिय रहेका उनले लामो राजनीतिक अनुभव संचित गरेका छन्।

सोमबार भएको एकता कार्यक्रममा श्रेष्ठसहित १७ केन्द्रीय कार्यकारिणी सदस्य र करिब १०० केन्द्रीय सदस्य माओवादी केन्द्रमा समाहित भएको दाबी गरिएको छ। माओवादीले एकता प्रक्रियामा सहभागी नेताहरुलाई पूर्वपार्टीमा रहेका भूमिकाअनुसार जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?