© 2026
काठमाडौँ ।
सोमबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा झरेको छ। अघिल्लो दिन यो दर १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो।
यसअघि वैशाख ९ गते सुनले नयाँ रेकर्ड बनाउँदै प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ छोएको थियो। त्यसयता सुनको मूल्यमा क्रमशः घटबढ भइरहेकाे देखिन्छ।
चाँदीको भाउमा भने कुनै परिवर्तन आएको छैन। केही दिनदेखि स्थिर रूपमा प्रतितोला २ हजार ५ रुपैयाँमै चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।