ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

ब्रान्ड बन्दै ‘मालिका पर्यटन’

मालिका मन्दिर नजिकै स्वाँरा गाउँमा होमस्टे सञ्चालन गरिएको छ । मन्दिर पुगेर फर्केपछि मानिसहरू होमस्टेमा पुगेर स्थानीय रैथाने बस्तुका परिकारको स्वाद लिएर फर्कने गर्दछन् ।
१२ जेष्ठ २०८२, सोमबार
१२ जेष्ठ २०८२, सोमबार

गुल्मी, १२ जेठ ।

जिल्लाको मुसिकोट नगरपालिका–६ स्थित कुर्घाको मालीका मन्दिर यति बेला आन्तरिक एवं बाह्य पर्यटकहरूको मुख्य आकर्षणको केन्द्र बनेको छ । पछिल्लो समयमा मन्दिर पुनः निर्माण गरिएसँगै मन्दिरमा पुग्ने भक्तजन एवं पर्यटकहरूको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ ।

प्राचिनकालदेखि पौराणिक महत्त्व बोकेको मालीका मन्दिर परिसर वरिपरि देखिने सुन्दर दृश्यहरूले पर्यटकहरूलाई लोभ्याई दिने गरेको छ । यस मन्दिरको थप सुन्दर एवं रोचक महत्त्व छ । यसको रोचक पक्ष मालीका मन्दिरमा वर माग्दा चिच्याएर माग्नु पर्दछ । मुसिकोट नगरपालिका ६ अन्तर्गत कुर्घामा अवस्थित मालीका मन्दिर नेपालको चर्चित धार्मिक स्थलहरू मध्यको एक हो ।

नेपालको उच्च कोटीमा रहेका धार्मिक स्थलहरू मध्ये भिन्नै महत्त्व, महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरूमा श्रद्धालुहरूको ठुलो घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मी लगायत अर्घाखाँची, बाग्लुङ्ग, प्युठान, बुटवल, काठमाडौँ लगायतका ठाउँहरूबाट सम्मका श्रद्धालुहरू आउने गर्दछन् । मालीका मन्दिरमा वर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुरा हुन्छ भन्ने जनविश्वास छ । मालीका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ वर माग्दा चिच्याएर माग्नु पर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कसैले पनि वर मागेर भाकल गरेपछि मनोकाङ्क्षा पुरा हुने विश्वासका कारण भाकल गरेपछि परेवा उडाउने र बली दिने प्रचलन छ ।

यस मन्दिरमा पुगेपछि मानिसहरूले भिन्न भिन्न प्रकारका वर मागेर फर्कने गरिन्छ । कसैले वैदेशिक रोजगारीमा विदेश जान पाऊ, कोहीले सेनामा भर्ती हुन पाऊ, केही सरकारी जागिर खान पाऊ, सन्तान नभएकाहरूले चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गर्दछन् । मन्दिर नजिकैको ठुलो चट्टानबाट निस्किएको पानीको मूल यस मन्दिरमा पुग्नेहरूका लागि थप सुन्दर र आकर्षक मानिन्छ । सानो पानीको कुण्डमा तैरिरहेका रङ्गीबिरङ्गी माछाहरू तैरिरहेको दृश्यले त्यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याई दिने गर्दछ ।

मालीका मन्दिरमा वैकुण्ठ चतुर्दशी एवं कार्तिक शुक्ल चतुर्दशीको दिन हजारौँ भक्तजनहरूको घुँईचो लाग्ने स्थानीय समाजसेवी ज्ञानहरी सापकोटा बताउँछन् । मालीकाको उत्पत्ति आज भन्दा करिब ५ हजार वर्ष अगाडि भएको भन्ने मान्यता छ । मालीका क्षेत्रमा किम्मु, बर र सिमलका रुखहरू रहेको र तिनै रुखको फेदमा माल्या श्री नामका ऋषिले तपस्या गरेको भन्ने किम्बदन्ती रहेको छ । उक्त क्षेत्रमा प्रशस्त मात्रमा वन जङ्गल रहेका कारण त्यहाँ जङ्गली जनावर र चराचुरुङ्गीहरूको वासस्थान रहेको थियो । त्यसैको नजिकै पानीको मुहान रहेको र कालान्तरमा उक्त मूल सुक्दै गएपछि पानीको अभावमा वन्यजन्तु र जीवजन्तुहरू छटपटाउन थालेको भन्ने भनाई छ ।

पानीको हाहाकार भएपछि त्यसै समयमा देवी प्रकट भएर वरदान माग भन्दा माल्याश्री ऋषिले पानीको अभावले प्राणीहरूले दुःख पाएको भनेर पुकार गरेपछि देवी मालीका भगवती प्रसन्न भएर मन्दिर परिसरमा जल कुण्ड निकाली जीवन रक्षा गरेको भन्ने पौराणिक मान्यता छ । त्यही कारण त्यहाँ सयौँ वर्षदेखि चट्टानको बिचमा सानो जल कुण्ड अहिलेसम्म देख्न सकिन्छ । अर्कोतर्फ श्री स्वस्थानी व्रत कथामा पनि शक्ति पीठको रूपमा मालीकाको वर्णन गरिएको पाइन्छ । सायद त्यसै भएर होला श्रावण महिना र माघ महिनामा यो मन्दिरमा बली चढ्दैन ।

पर्यटकीय दृष्टिकोणले पनि यस मन्दिर महत्त्वपूर्ण स्थानमा रहेको छ । मन्दिर नजिकै स्वाँरामा होमस्टे सञ्चालन गरिएको छ । मन्दिर पुगेर फर्केपछि मानिसहरू होमस्टेमा गएर स्थानीय रैथाने बस्तुका परिकारहरूको स्वाद लिएर फर्कने गर्दछन् । मालीका क्षेत्रको विकासका लागि मुसिकोट नगरपालिकाले सडक निर्माण, खानेपानी तथा मन्दिर पुनः निर्माण र व्यवस्थापन लगायतका क्षेत्रमा सहयोग पुराउँदै आएको नगरप्रमुख जीवलाल खरेल जीवनले बताएका छन् ।

जीवलाल खरेल ‘जीवन’
नगर प्रमुख, मुुसिकोट नगरपालिका, गुल्मी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?