Butwal Today

अमेरिकाले युरोपेली युनियनसँग व्यापार सम्झौताका लागि समय सीमा बढायो

१२ जेष्ठ २०८२, सोमबार
अ+
अ-

वासिङ्टन ।

अमेरिका र युरोपेली युनियनबिच चलिरहेको व्यापार वार्तामा केही लचिलोपन देखिएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युनियनसँगको व्यापार सम्झौताको समय सीमा आगामी जुलाई ९ सम्मका लागि बढाएका छन्।

युरोपेली युनियनकी प्रमुख उरुस्ला भान डेर लेयनले अमेरिकासँग वार्ताका लागि आफू तयार रहेको सङ्केत गरेपछि ट्रम्पले माग बमोजिम समय सीमा थपेका हुन्। बीबीसीका अनुसार, लेयन र ट्रम्पबीच हालैको छलफल सकारात्मक रहेको थियो, जसले वार्ताको वातावरणलाई थप अनुकूल बनाएको बताइएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले युरोपेली सामानमा उच्च शुल्क लगाउने चेतावनी दिएका थिए। उनले युरोपेली युनियनबाट आयात हुने प्रत्येक सामानमा ५० प्रतिशतसम्मको कर लगाउने घोषणा गरेका थिए। अघिल्लो महिना उनले २० प्रतिशत करको घोषणा गरेका थिए, जुन पछि १० प्रतिशतमा झारिएको थियो। तर पछिल्लो समय फेरि उनले ५० प्रतिशत करको सम्भावनाको सङ्केत दिएका छन्।

यस्तो अवस्थामा समय सीमा थपिएकाले व्यापार वार्ताको नयाँ चरणतर्फ जाने सम्भावना देखिएको छ, जहाँ दुई पक्षबिच समझदारी बन्ने अपेक्षा गरिएको छ।