© २०२३
बाँके, ११ जेठ ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुखले बढी रकमको टेन्डर अस्वीकृत गरेका छन् । हिजो खुद्रा समानको टेन्डर ४ लाखको खोल्दा टेन्डर जसमा १० लाख एक हजार पुग्दा टेन्डर पुग्दा पनि अस्वीकृत गरेको नेपालगन्जका अन्सारी ब्रादर्शका सञ्चालक हारुण अन्सारीले बताए । उनले भने मैले दश लाख एक हजारको टेन्डर हाल्दा समेत मेरो टेन्डर स्वीकृत नगरी ८ लाखमा हालेको टेन्डर स्विकार गरेका छन् । टेन्डर भर्ने समय हिजो एक बजे तोकिएको थियो तर कार्यालय प्रमुख नभएको कारणले कर्मचारीले दिनभरि कुराए तर प्रमुख आउँदा समेत मेरो टेन्डर दर्ता भएन ।
मैले टेन्डर भर्नाका लागि नेपालगन्ज भन्सारका कार्यालयको नाममा रहेको बैङ्क खातामा तोकिएको ५० हजार रकम समेत तिरे पनि दर्ता नहुँदा मिलेमतो रहेको देखिन्छ । सरकारलाई २ लाख राजस्व बढी आउँदा पनि टेन्डर अस्वीकृत गरेर ८ लाखको टेन्डर स्वीकृत गर्न नेपाल सरकारलाई राजस्व घाटा लाग्नु व्यापारी अन्सारीले बताए । उनी करिब ३५ वर्ष देखि नेपालगन्ज भन्सार कार्यालयको टेन्डरको समान किन्दै आएको बताए ।
त्यस्तै टेन्डर को अब्ह्वान देखेपछि समान किन्नको लागि भन्सारको खातामा ३० हजार रुपैयाँ जम्मा गरे तर टेन्डर दर्ता नभएको नेपालगन्जकै व्यापारी सेराज साईले बताए । उनले भने जब मेरो टेन्डर नै दर्ता गर्नु थिएन भने किन रकम जम्मा गर्न लगाए । टेन्डर दर्ता नहुँदा मैले जम्मा गरेको पैसा किन फिर्ता भएन । यहाँ सबै मिलेमतो रहेको देखिन्छ । उनले भने, यस कार्यालयको टेन्डर किन एकै व्यक्तिको नाममा बारम्बार पर्छ धेरै रकमको टेन्डर हाल्दा समेत स्वीकृत किन गरिँदैन यो सबै मिलेमतो रहेको व्यापारी साईले बताए ।
यता नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले आफू बैठकमा भएको कारणले भेट्ना चाहेनन् । उनले फोनमा समेत जानकारी गराउन चाहेनन् । नेपालगन्ज भन्सार कार्यालयको एक दिनको काम होइन त्यहाँ हरेक टेन्डर मिलेमतोमा टेन्डर पार्ने गरिन्छ ।