ट्रेंडिंग:

>> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित) 

खोज र खोप अभियान:  घरघर स्वास्थ्यकर्मीको सेवा

११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

चन्द्रौटा, ११ जेठ । 

“४० महिनाकी छोरीलाई सम्पूर्ण खोप लगाइसकेको छु, स्वास्थ्यकर्मीको हौसला र नियमित सेवाले हामी सुरक्षित महसुस गर्छौँ । सङ्क्रमण हुने विभिन्न रोगबाट बचाएसाथै स्वास्थ्य चौकीबाट खोप लगाउने क्रममा स्वास्थ्यकर्मीले एकदमै मेटिभेट गर्नहुन्थ्यो खुसी लागेको छ ।” स्थानीय गंगा पाण्डेले भनिन् ।

बलुहवा गाउँकी स्वयंसेविका मुक्तिरानी थारुका लागि यो काम सामान्य थिएन । “धेरैले सुरूमै अड्याएर खोप नचाहिने भनिहाल्थे,” उनी सम्झिन्छिन्, “तर हामी थाकेनौँ, बुझायौँ, सम्झायौँ अनि बल्ल खोप दिन तयार भयौँ ।” गाउँका हरेक घरका ढोका ढोकामा पुगेर सेवा प्रवाह गरेको उनी बताउँछिन् । हरेक मंगलबार सेवा केन्द्र स्वास्थ्यकर्मी गाउँमै आउँदा स्थानीयलाई केन्द्रमा नै सेवा लिन आग्रह गर्दथिन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–३ नम्बर वडालाई ‘पूर्ण खोप दिगोपना सुनिश्चितता वडा’ घोषणा गरिएको छ । ‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने नाराका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनाउँदै लैजान गरी शुक्रवार एक कार्यक्रमका बिच घोषण गरिएको वडा कार्यालयले जनाएको छ ।

चनई स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी गंगा आर्चायले वडालाई पूर्ण खोप सुनिश्चितता गर्नका लागि प्रत्येक आर्थिक वर्षको चैत महिनामा घरधुरी सर्वेक्षण गरेको बत्ताइन् । सर्वेक्षण पश्चात् छुटेका बच्चाहरूलाई वैशाख महिनामा नियमित खोपसँगै लगाएर खोप पूर्ण गर्ने गरेको उनको भनाई छ ।  स्वास्थ्यकर्मी आर्चायका अनुसार वडा नम्बर ३ मा ० देखि ५९ महिनासम्मको बच्चाहरूको घरधुरी सर्वेक्षण गरिएको छ । जसमा ० देखि १५ महिनासम्मको १६० जना नियमित खोप लगाउने बच्चाहरू रहेका छन् । यस्तै १६ देखि २३ महिनाका ९५ जना बच्चा छन् । २४ देखि ५९ महिनाका ५३७ जना रहेका छन् । १६ देखि २३ महिनाका बच्चा मध्ये खोप खेरा गरेका ६ जना रहेका छन् ।

अन्य स्थानमा गई खोप लगाए नलगाएका थाहा नभएका ६ जना बच्चाहरू रहेको छन् भने पूर्ण खोप गरेका तर अन्यत्र बसाई सरी सम्पर्कमा नरहेका ३ जना बच्चाहरू रहेका गरी जम्मा ८ सय १ जना बच्चाहरूको घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य चौकीको तथ्याङ्कमा उल्लेख छ ।
स्वास्थ्य चौकी प्रमुख जित बहादुर बिसीले खोज र खोप अभियान सञ्चालन गरी पूर्ण खोप अभियानलाई सार्थकता दिन पाएको बताए । वडाका हरेक गाउँ गाउँमा बच्चाहरूको घरघरमा पुगी सेवा प्रवाह गरी खोप लगाई बच्चाहरूको स्वास्थ्य जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको उनले बताए । अभियानलाई पूर्णता प्रदान सहयोग गर्नेलाई धन्यवाद व्यक्त गर्दै शतप्रतिशत बच्चालाई खोप लगाएको उनले जनाए ।

यता वडा अध्यक्ष टेकलाल सापकोटाले २५ वटा टोलमा हामीले यो अभियान चलाएको बताए । “पूर्ण खोप घोषणा एउटा सुरुआत हो, अब कसैले पनि खोपबाट वञ्चित नहोस् भन्नेमा थप योजना बनाउँछौँ,” उनले भने । उनले ग्रामीण भेगसम्म विशेषज्ञ सेवा विस्तार गर्ने र आधारभूत अस्पतालको गुणस्तर सुधारमा पनि वडा कार्यालयले चासो लिएको उल्लेख गरे । आफ्ना नागरिकहरूलाई कसरी स्वास्थ्य रहन सकिन्छ भन्नेमा आफूहरू निरन्तर लागी परेको उनले बताए । आधारभूत अस्पतालमा समेत विशेषज्ञ सेवा प्रवाह गर्दै आएको बताउँदै ग्रामीण भेगका नागरिकलाई यस्ता खालका क्षेत्रको पहुँचमा ल्याउन आवश्यक रहेको वडा अध्यक्ष सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?