© २०२३
सुर्खेत,११ जेठ ।
कर्णाली प्रदेश प्रमुखको कार्यभार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सम्हालेका छन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि मियाँले आइतबार प्रमुखको कार्यभार सम्हालेको सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।प्रदेश प्रमुख जोशी आँखाको उपचार गर्न गर्न अमेरिका जानुपर्ने भएपछि सङ्घीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
यसैबिच, कार्यवाहक प्रदेश प्रमुख मियाँलाई नेपाल मुस्लिम आयोगले वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष मोहम्मद दिनले कार्यवाहक प्रदेश प्रमुख मियाँसमक्ष आयोगले आर्थिक वर्ष २०८०/०८१ मा गरेका कामको प्रतिवेदन बुझाएका हुन् । ‘मुस्लिम आयोगको वार्षिक प्रतिवेदन बुझ्नुपर्ने थियो उहाँ त्यही कामका लागि शुक्रवार कर्णालीमा आएका थिए’ सूचना अधिकारी काउचाले भनिन्, ‘उनी प्रतिवेदन बुझेपछि आज सुदूरपश्चिम फर्किएका छन्।’