Butwal Today

एमाले सचिवालय बैठकले पाण्डे र तिमिल्सिनाको निलम्बन फुकुवा गर्ने

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ११ जेठ।

नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आइतबार (आज) दिउँसो २ बजे बस्ने गरी बैठक सचिवालय बैठक बोलाइएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ ।बैठकमा पछिल्लो राजनीतिक विकास क्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् ।यसअघि कारबाहीमा परेका बिन्दा पाण्डे र उषा किरण तिमिल्सिनाको कारबाही फुकुवासमेत हुन सक्ने जनाइएको छ।