Butwal Today

सुनको भाउ बढ्दा चाँदीको भाउ स्थिर

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-
काठमाडौँ, ११ जेठ ।
सुनको भाउ बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ।अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रुपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रवार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। उता,  आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झैँ आज पनि २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ।