Butwal Today

क्रियाशील सदस्यता टुङ्गाउन भोली काँग्रेस पदाधिकारी बैठक बस्ने

११ जेष्ठ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ, ११ वैशाख ।

क्रियाशील सदस्यता टुङ्गो लगाउन भोली नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैँ छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमवारका लागि पदाधिकारी बैठक बोलाएका हुन ।

सोमबार बिहान ९ः बजे बस्ने गरी बुढानीलकण्ठस्थित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो । पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुङ्गो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?