ट्रेंडिंग:

>> गुल्मीमा जीप दुर्घटना हुँदा एकजना मलामीको मृत्यु, ८ जना घाइते >> लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने, २४ करोड ७१ लाख भुक्तानी बाँकी >> एसईई परीक्षा चैत १९ देखि २९ गते सञ्चालन हुने >> माधव नेपालविरुद्ध उजुरी >> लुम्बिनी प्रदेशमा ५६ महिला उम्मेदवारको मनोनयन दर्ता >> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर

सरकार सराप्ने सडक !

बुटवल–नारायणगढ यात्रा गर्नेहरू दाउन्ने खण्डको १४ किलोमिटर सडक पार हुन्छ हुँदैन भन्ने त्रासमा यात्रा गर्छन् । सडक निर्माणमा केही प्रगति भए पनि सानो वर्षा यो खण्डका लागि अभिशाप बन्ने गरेको छ । यात्राका क्रममा जाममा पर्दा सानो बच्चादेखि बुढापाका सबैले सरकारलाई सराप्ने गर्दछन् ।
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार

बर्दघाट, ११ जेठ ।

चुरेको कमजोर भू बनोट । त्यसमा डोजर लगाएर भइरहेको सडक निर्माण । रिटनिड्ड वाल र कल भटको काम अपुरो । निर्माणको काममा ढिलाइ । सडक निर्माणको क्रमको वर्ष । सडकको तलमाथि फाटिरहेको धाँजा । नजिकिँदो वर्षा याम, दाउन्ने सडक खण्डका डरलाग्दा पक्ष हुन् । यसले अबको वर्षामा कति सताउला ? भन्ने अनुमान नै गर्न सकिँदैन ।

शुक्रवार राती परेको वर्षाका कारण दाउन्ने सडक पश्चिम खण्ड अन्तर्गत खोर्सानी खोलामा सडक नै भासियो । पिच गरिसकेको करिब एक सय मिटर बाटो नै उप्कियो । रातको समयमा करिब ११ घण्टा सडक अवरुद्ध हुँदा हजारौँ यात्रु बिचल्लीमा परे । यो सडक खण्डको १४ किलोमिटर दुरी पार गर्न कम्तीमा एक घण्टा लाग्ने गरेको छ । त्यसो त बिहीबार बिहान पनि दाउन्नेको पूर्वी खण्डमा सिमसिमे वर्षाकै कारण गाडी चिप्लिँदा केही घण्टा सडक अवरुद्ध बन्यो ।

सित लहर र सामान्य हिउँदे वर्षामा समेत १४ घण्टासम्म अवरुद्ध बनेको दाउन्ने सडक खण्ड बर्सातको मौसम नजिकिँदै गर्दा सवारी सञ्चालन कसरी होला ? सर्वत्र चासो छ । नारायणगढ–बुटवल सडक खण्डको १ सय १३ किलोमिटर सडकको दाउन्ने सडक खण्ड १४ किलोमिटर रहेको छ जसमा पश्चिम खण्डमा १० र पूर्वी खण्ड ४ किलोमिटर रहेको छ ।

पश्चिम खण्डमा दुवै लेन ५५ किलोमिटर र कम्तीमा एकतर्फी ३५ किलोमिटर पिच भएको छ भने दाउन्ने सडक खण्डमा ३ किलोमिटर सडक पिच भएको छ । दाउन्ने खण्डमा ७ किलोमिटर बाटो जोखिमपूर्ण रहेको छ । पछिल्लो समय रातको समयमा ६ घण्टा सवारी आवागमन बन्द गरेर पहाड काट्ने लगायतका काम भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख शशाङ्क मिश्राले जानकारी दिए ।

‘अहिले हामी दाउन्ने खण्ड केन्द्रित भएर काम गरिरहेका छौँ, दाउन्ने खण्डको ३ किमी पिच भएको छ र थप ३ किमी ढलानको लागि तयारी अवस्थामा रहेको छ ।’ मिश्रले भने ‘ अहिलेको कामको गति विश्लेषण गर्दा जेठ मसान्तसम्म दाउन्ने बजारदेखि पश्चिम खण्डको पूर्वतर्फको अन्तिम विन्दुसम्म सडकमा सहज सवारी आवागमन हुनेछ ।

दाउन्ने सडक खण्डमा कुल ७२ कल्भर्टमध्ये ६५ वटा निर्माण भैसकेका छन् भने ७ वटा निर्माणको क्रममा रहेका छन् । साना पुलहरू भने सबै सञ्चालनमा आएको मिश्रले बताए । पहाड कटानको काम अन्तिम चरणमा पुगेको र कटानको काम सकिने बित्तिकै सडकलाई ग्रेडिङ गरेपछि पानी पर्दा चिप्लिने समस्याको समाधान हुने उनले जानकारी दिए । उनका अनुसार दाउन्ने बजारदेखि पश्चिम खण्डसम्मको करिब २ किलोमिटर क्षेत्र भने संवेदनशील रहेको छ ।

पछिल्लो समय दाउन्ने पहाड खण्डकै पश्चिम भन्दा पनि पूर्वी खण्डको सडकमा बढी समस्या आउँदा जामको समस्या बढेको छ । दाउन्ने पहाड खण्डको २ तिहाइ बढी सडक पश्चिम खण्डमा रहेको छ, तर पछिल्लो समय पश्चिम खण्ड भन्दा पनि पूर्वी खण्डमा सडक जामको समस्या बढेको छ । पूर्वी खण्डको घिउ खोला क्षेत्र सबैभन्दा संवेदनशील रहेको छ । पूर्वी खण्डमा कुल २९ कल्भर्ट मध्ये २३ सम्पन्न भइसकेको छ र ६ वटा निर्माणको अन्तिम चरणमा रहेको पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।

पूर्वी खण्डको अधिकांश सडक कम्तीमा एकतर्फी कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ । तर केही महिना अघि अत्यधिक भारका कारण भासिएको विनयी खोला पुलबाट सवारी आवागमन हुन नसक्दा सवारीहरू वैकल्पिक मार्ग प्रयोग गरेका छन् तथापि सामान्य वर्षा हुँदा नै खोला बढेर सवारी आवागमन अवरुद्ध हुँदै आएको छ ।

पछिल्लो केहिदिन अघि चोर मारा पुलमा समेत क्षति पुगेपछि पुनः सवारी सञ्चालनमा बाधा पुगेको छ । चोर मारा पुल जेठको तेस्रो सातासम्म मर्मत गरी पूर्ण क्षमतामा सञ्चालन हुने समेत खनालले जानकारी दिए । २०७५ माघ २४ गते ४२ महिनामा कार्य सम्पन्न गर्ने गरी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का सम्झौता गरी कार्य प्रारम्भ गरेको थियो । करिब ७५ महिना बितिसक्दा समग्रमा ६५ प्रतिशतको हाराहारी मात्र कार्य सम्पन्न भएको छ । पटक पटक म्याद थप गर्दै काम अघि बढाउँदा समेत सडक निर्माणको काम सम्पन्न हुन नसक्दा कहिले सम्पन्न हुन्छ भन्ने अन्यौलता भने कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?