© २०२३
कपिलवस्तु, १० जेठ ।
कपिलवस्तु जिल्लाभरका सबै १० स्थानीय तहमा ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाको पाखुराको बिच भागको परिधि नाप (मुआक) परीक्षणका क्रममा करिब पौने चार प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ । जिल्लाभरका ४७ हजार १ सय ८१ जना ६ महिना देखी ५९ महिना उमेर सम्मका बालबालिकाको मुआक परीक्षणका क्रममा १ हजार ७ सय जनामा कुपोषण देखिएको हो । २४ हजार ६ सय २२ बालक र २२ हजार ५ सय ५९ बालिका गरी कुल ४७ हजार १ सय ८१ बालबालिकाको मुआक स्क्रिनिगंका क्रममा भेटिएका जिल्लाभरका कुपोषितको प्रतिशतका आधारमा हेर्दा ३ दशमलव ७३ प्रतिशत हुन आउँछ ।
पाखुराको नाम लिएर गरिने मुआक परीक्षणका क्रममा जिल्लाभरका २ सय ४ जना बालबालिकामा कडा शिध्र कुपोषण ९साम० र १ हजार ४ सय ९६ बालबालिकामा मध्यम शिध्र कुपोषण ९माम० गरी १ हजार ७ सय बालबालिकामा कुपोषण भेटिएको हो । पाखुराको मुआक लिँदा ५ दशमलव ५ सेन्टिमिटरदेखि ११ दशमलव ५ सेन्टिमिटर सम्मकालाई रातो चिन्ह अर्थात् कडा शिध्र कुपोषण र ११ दशमलव ५ देखी १२ दशमलव ५ सेन्टिमिटरलाई पहेँलो अर्थात् मध् त्यसै गरी १२ दशमलव ५ सेन्टिमिटर भन्दा बढिलाई भने सामान्य अवस्थाको मानिन्छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत हेलन केयर, भिटामिन एन्जेल र आईडिई नामक दातृ निकायको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत २०२४ को जुलाईदेखि हाल सम्मको अवधिमा जिल्लाभरका बालबालिकाको मुआक लिइएको परियोजनाकी संयोजक कमला शुकलाले जानकारी दिइन ।
संयोजक शुकलाले प्रस्तुत गरेको तथ्याङ्क हेर्दा जिल्लामा सबै भन्दा बढी महाराजगन्ज नगरपालिकाका बालबालिकामा कुपोषण देखिएको छ । सो नगरपालिकामा ५ हजार ७ सय ९५ बालबालिकाको पाखुरा जाँचको क्रममा ५३ जनामा ९शून्य दशमलव ९६ प्रतिशतमा० कडा शिध्र कुपोषण र ३ सय २० जना ९५ दशमलव ८२ प्रतिशतमा० बालबालिका मध्यम शिध्र कुपोषण देखिएको छ । त्यसैगरि महाराजगन्ज नगरपालिका पछि कृष्ण नगर नगरपालिकामा ३३ जना ९शून्य दशमलव ६५ प्रतिशतमा० कडा शिघ्र कुपोषण र २ सय १८ जना ९४ दशमलव २८० प्रतिशतमा मध्यम शिघ्र कुपोषण देखिएको हो । जिल्लामा सबै भन्दा कम कडा शिध्र कुपोषण देखिएको पालिकामा बाणगंगा र बिजयनगर रहेका छन् । बाणगंगामा शून्य दशमलव १६ प्रतिशत र बिजयनगरमा शून्य दशमलव २६ प्रतिशत बालबालिकामा कडा शिध्र कुपोषण रहेको देखिएको छ ।
परियोजना अन्तर्गत स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा मुआक लिनका लागि जिल्लाभरका ९६ वटै वडामा रहेका १ हजार १ सय ७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई फिल्डमा खटाइएको जनाइएको छ ।
कुपोषित भेटिएका बालबालिका मध्य कडा शिघ्र कुपोषित बच्चालाई तयार पारिएको उपचारात्मक खाना ९आरयुटिएफ० दिइने र मध्यम शिध्र कुपोषितका हकमा पोषणयुक्त खाजा सुपर सिरियल दिएर उपचार गरिएको जनाइएको छ । जिल्ला भरीमा रहेका ८९ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू मध्ये ४४ वटा स्वास्थ्य संस्थाहरूमा पोषण उपचारका लागि बहिरङ्ग सेवा ९ओ टी सी सेन्टर० रहेका छन् । कडा शिघ्र कुपोषण पाइएका बालबालिकाहरूलाई उक्त ओटी सी सेन्टरले विशेष उपचार सेवा प्रदान गर्ने गरेको थियो । ओटी सी सेन्टरमा उपचार हुन नसकेका बालबालिकालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा रिफर गरिएको प्रस्तुतीकरणका क्रममा जनाइएको थियो । कुपोषणको बोर्डर लाइनमा भएका बालबालिकालाई ओटी सी सेन्टरमा पठाएर जेडिस्कोर (उमेर अनुसार उचाइ र तौलको मापन) लेखाजोखा गरेर पोषणको अवस्था निर्क्योल गर्ने गरिएको छ ।
जिल्लामा कुपोषित भेटिएका १ हजार ६ सय ३ जना बालबालिकालाई उपचारका लागी बहिरङ्ग सेवा ९ओटी सी सेन्टर० पठाएकोमा १ हजार ४१ जनाको कुपोषणको अवस्थामा सुधार आए पछि डिस्चार्ज गरिएको छ । ओटी सी सेन्टरमा उपचार हुन नसकेका बालबालिकालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा रिफर गर्दा उपचारका लागी जान नमान्ने र उपचारमा पुगेकाहरू पनि टाढा भएको तथा भाषागत समस्याका कारण बस्न नखोजेको जस्ता समस्या पर्ने गरेको संयोजक शुकलाले गुनासो गरिन । जिल्ला अस्पतालमै पोषण पुनर्स्थापना केन्द्र स्थापना गर्न सकिए कुपोषित बालबालिकाले सहज रूपमा उपचार सेवा पाउने वातावरण बन्ने उनले सुझाव दिइन । मुआक परीक्षणले मात्रै कुपोषणको अवस्था प्रभावकारी रूपमा प्राप्त हुन नसक्ने हो की भनेर आगामी वर्षबाट तौल मसिन, उचाइ मसिन सहित जेडिस्कोर निकालेर अवस्था पत्ता लगाई उपचार अगाडी बढाउने योजना रहेको जनाइन ।
पोषण मार्फत जीवन रूपान्तर परियोजना अन्तर्गत गँड्यौला खेती गरी तयार पारिने भर्मि कम्पोस्ट मललाई उद्यमको रूपमा अगाडी बढाउन समुदाय सँग सहकार्य गरिएको कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए । जिल्लामा अझै पनि कुपोषणको अवस्था देखिएकाले सबै पक्षको सहकार्यमा सचेतना कार्यक्रमसँगै विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम चलाउनुपर्ने नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको सुझाव थियो । गोबरको उपलब्धता हुने पशु पालक कृषकलाई लक्षित गरी गँड्यौलाबाट बनाइने भर्मि कम्पोस्ट मलको कार्यक्रममा जोडेर पोषणको अवस्था सुधार्न सकिने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले बताए । जिल्लाका पालिकाहरूले पोषणको अवस्था सुधार्न सहकार्य र साझा रणनीति बनाएर अगाडि बढ्न तत्पर रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलको भनाइ थियो ।
नेपाल सरकारको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कको आधारमा जिल्लाका सबै बालबालिकाको मुआक परीक्षण गरी कुपोषणको तथ्याङ्क तयार पार्ने कार्य उदाहरणीय भएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । उनले बुटवल स्थित पोषण पुनर्स्थापना केन्द्रमा प्रदान गरिने सेवालाई मैत्रीवत बनाउन तथा भाषागत समस्याका कारण सेवा लिन जान हिच्किचाउने वातावरण हुन नदिन सम्बन्धित निकायलाई सुझाव दिइने आचार्यले स्पष्ट पारे । परियोजना अन्तर्गत मुआक परीक्षणका क्रममा कुपोषितलाई उपचारसँगै सेवा प्रवाहमा सहजताका लागी पूर्वाधार निर्माण, पोषणको अवस्थामा सुधारका लागि कृषि सम्बन्धी कार्यक्रम मार्फत आयआर्जनका गतिविधिलाई प्राथमिकता दिइएको कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । कार्यक्रममा कालिकाका अध्यक्ष मन्दिप सिंह, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी सहित जिल्लाका विभिन्न पालिकाका प्रमुख, विषयगत शाखाका प्रमुखहरूले जिल्लामै पोषण पुनर्स्थापना केन्द्र आवश्यक रहेकोमा जोड दिए ।