ट्रेंडिंग:

>> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल
प्रथम मेयर कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता २०८२ 

न्यु होराईजनलाई उपाधि

१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

बुटवल, १० जेठ ।

बुटवलमा सम्पन्न अन्तर विद्यालय स्तरीय प्रथम छात्र मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि न्यु होराईजन ईगलिस बोर्डिङ स्कुलले चुमेको छ । शुक्रवार भएको फाइनलमा कान्ति माविलाई ७ विकेटले पराजित गर्दै उपाधि चुमेको हो । उपाधिसँगै न्यु होराईजनले नगद ५० हजार रूपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता कान्ति भने नगद ३० हजार रुपैयाँ, कप, प्रमाणपत्रमा चित्त बुझायो ।  प्रतियोगितामा न्यु होराईजनका अब्राहम अली प्लेयर अफ दी सिरिज घोषित हुँदै नगद ८ हजार, कप तथा अली नै उत्कृष्ट बलर समेत बन्दै थप ५ हजार रुपैयाँ, कपबाट पुरस्कृत भए ।

न्यु होराईजनका सिद्धान्त ढकाल उत्कृष्ट ब्याटस्म्यान घोषित हुँदै नगद ५ हजार रुपैयाँ, कपबाट पुरस्कृत भए ।  बुटवल उपमहानगरपालिका, नगर खेलकुद विकास समितिको आयोजनामा नरैनापुर क्रिकेट खेल मैदानमा भएको फाइनलमा टस जितेर कान्तिले ब्याटिङ रोज्दै १३ ओभरमा ५८ रन मात्र जोडेका थिए । कान्तिका समीर बिकले ११ बलमा १२ तथा कृष्ण अधिकारीले १४ बलमा १० रनबाहेक अन्य ब्याटस्म्यानहरूले दोहोरो अङ्कको रन जोड्न सकेनन् । न्यु होराईजनका अब्राहम अलिले शानदार ४ तथा अमृत अर्यालले २ विकेट लिए । झिनो लक्ष्य पछ्याएको न्यु होराईजनले १०.३ ओभरमा ३ विकेटको नोक्सानीमा भेटायो । न्यु होराईजनका रन्जित मौर्याले ७ बलमा १७ तथा सफल भट्टराईले ३७ बलमा १६ रनको योगदान दिए । कान्तिका बिशाल मरासिनी र कृष्ण अधिकारीले समान १–१ विकेट लिए । खेलमा न्यु होराईजनका अब्राहम अली प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रीदेवी अर्याल, नगर प्रवक्ता शिव राना, वडा नं १६ का वडाध्यक्ष कृष्ण प्रसाद पौडेल, वडा नं. ५ का वडाध्यक्ष हरिप्रसाद श्रेष्ठ, कान्ति माविका प्रधानाध्यापक गोविन्द ज्ञवाली, न्यु होराईजन ई बोर्डिङ स्कुलका प्रधानाध्यापक लोकनाथ उपाध्याय, रुपन्देही क्रिकेट सङ्घका कोषाध्यक्ष निरजप्रताप खाड, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, सदस्य लालहरि पाण्डेयले विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले विद्यालय स्तरमा साख जगाउने गरी उत्कृष्ट प्रतियोगिताहरू गरिरहेको बताए । खेलकुदलाई महत्त्व दिँदै नगरबाट खेल गतिविधिलाई प्राथमिकतामा राखेको उनले बताए । ‘क्रिकेटका लागि पूर्वाधार निर्माण अबको प्राथमिकता हो ।’–उनले भने ।

कार्यक्रममा नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले क्रिकेट खेल प्रतिको क्रेजलाई मध्यनजर गरी आयोजना गरिएको प्रतियोगिता सफल रहेको भन्दै आगामी दिनमा समेत निरन्तरता दिने बताए । खेल संयोजक सरोज सिंह क्षेत्रीले प्रति खेलाडी १ लाख रूपैया बिमा र क्यानको समन्वयमा प्राविधिक सहयोग तथा विभिन्न खेल संस्थाहरूको सहयोगमा सफल भएको बताए । जेठ ४ गतेबाट सुरु भएको प्रतियोगितामा १० संस्थागत र ७ सामुदायिक गरी १७ विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?