Butwal Today

युवा क्लबलाई  जलवायु न्यायका बारेमा  जानकारी 

१० जेष्ठ २०८२, शनिबार
अ+
अ-
दाङ ,१० जेठ  ।
स्वच्छ सफा नेपाल  र मुक्त कमलरी विकास मंचको आयोजना र आइएम नेपालको सहयोगमा   घोराहीका युवा क्लबसंग जलवायु न्यायका लागी  नेतृत्व विकास , योजना तयारी र कार्यान्वयन सम्बन्धि छ्लफल गरिएको छ ।
 स्वच्छ सफा नेपालका कार्यक्रम संयोजन  कैलास बिक्रम साहीले युवा पुस्तालाई जलबायु परिवर्तन र स्वच्छ राख्न के के तरिका अपनाउनुपर्छ भन्ने विषयमा जानकारी गराएको बताए  ।  उनले जलवायु परिवर्तनले मानिसमा पार्ने असर, यसलाई न्यूनीकरण गर्न सरोकारवालाको दायित्व  , युवा संजालको नेतृत्व र भूमिकाका बिषयमा छ्लफल गरिएको बताए  ।  मुक्त कमलरी बिकास मञ्चक केन्द्रीय अध्यक्ष हिरामोती चौधरीले  स्वच्छ वातावरण राख्न घर परिवारबाट सुरुवात गर्नुपर्ने र त्यसका लागि युवा क्लबको परिवार , समाज विद्यालयमा  महत्त्वपूर्ण भूमिका रहने बताए  ।
स्वच्छ सफा नेपालका पैरबी तथा अभियान सल्लाहकार  प्रेमप्रकाश नेपालीले जलवायु परिवर्तन र चुनौतीका बारेमा जानकारी हरित  गृह  ग्यास उत्सर्जनका स्रोतहरुका  बारेमा ,  पानी र खाद्य सुरक्षा कसरी  सुनिश्चित गर्ने, स्वच्छ वातावरण नागरिकको मौलिक अधिकारका बारेमा जानकारी  गराएका थिए   ।   स्वच्छ सफा नेपालले वातावरण कसरी  स्वच्छ बनाउने विषयमा दाङको घोराही उपमहानगरपालिका भित्रका आमा समूह, युवा क्लब मार्फत   विभिन्न कार्यक्रम  गर्दै आएको छ ।