दाङ,१० जेठ ।
अबको नेतृत्व युवाले गर्नुपर्छ भन्ने उद्देश्यले युवालाई संगठित गरिएको छ । मुक्त कमलरी बिकास मञ्चको आयोजना र आइएम नेपालको सहयोगमा युवा क्लबहरुको जिल्ला स्तरीय संजाल गठन गरिएको हो । घोराही , तुलसीपुर र लमहीका गठन भएका युवा क्लबका पदाधिकारीबाट जिल्लास्तरीय संजाल गठन गरिएको हो । मुक्त कमलरी ससक्तीकरण परियोजना अन्तर्गत दाङको घोराही , तुलसीपुर र लमहीमा पालिका स्तरीय बाल क्लबका युवालाई छनोट गरि जिल्ला स्तरीय युवा संजाल गठन गरिएको सस्थाका अध्यक्ष हिरामोती चौधरीले जानकारी दिइन ।
युवा संजाल दाङ नामको संजाल गठन भएको छ। जसको अध्यक्ष शम्भु नेपाली, उपाध्यक्ष अन्जना चौधरी , सचीव करुणा पौडेल , कोषाध्यक्ष सिम्रन डांगी, सदस्यहरु पारस वली, दिपीका चौधरी , अनिता चौधरी , कृतिका चौधरी , मन्सु परियार, अन्जली चौधरी , प्रकृति चौधरी सहितको ११ सदस्य कार्यसमिति बनेको छ ।
मंचका अध्यक्ष हिरामोती चौधरीले नयाँ पुस्तालाई नेतृत्वका लागि तयार गर्ने उदेश्यले कार्यक्रम लागु भएका पालिकाको एउटै क्लब गठन गरिएको बताइन । एक्लैले गरेको काम भन्दा सामुहिक काम बढी फलदायी हुने भएकाले समूहको आबस्यक रहेको बताइन् । स्वच्छ सफा नेपालका कैलास बिक्रम साहीले समाज परिवर्तनका सम्बाहक युवाहरुलाइ संगठित गरेर पैरवी गर्ने थालीएको बताए ।
मुक्त कमलरी ससक्तीकरण परियोजनाका परियोजना अधिकृत शुबोध चौधरीले जिल्लास्तरीय युवा संजाल गठन गरेर तीन वटा पालिकालाइ जोड्ने काम गरेको बताए । युवा संजालका माध्यमबाट अधिकार , काम कर्तव्यका विषयमा वकालत गर्ने युवा तयार गर्न थालेको बताए । उनले संजालको काम, कर्तव्य ,भूमिका र जिम्मेवारीका बारेमा जानकारी गराए ।
युवालयका दाङ कार्यक्रम संयोजन विद्या बिस्टले युवाहरुले काम गर्दा खुलेर गर्नुपर्ने , साथीहरूको बिचमा छलफल गरेर काम गर्नुपर्ने र सकारात्मक तरिकाले समाजमा स्थापित हुनुपर्ने बताइन । कार्यक्रमको सहजीकरण सामाजिक परिचालक सरिता चौधरी गरेकी थिइन् ।