ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

पोषण पुनर्स्थापना  केन्द्र स्थापनाको माग 

१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

कपिलवस्तु, १० जेठ ।

कपिलवस्तु जिल्लाभरका सबै १० स्थानीय तहमा ६ महिनादेखि ५९ महिना सम्मका बालबालिकाको पाखुराको बिच भागको परिधि नाप (मुआक) परीक्षणका क्रममा करिब पौने चार प्रतिशत बालबालिकामा कुपोषण देखिएको छ ।  जिल्लाभरका ४७ हजार १ सय ८१ जना ६ महिना देखी ५९ महिना उमेर सम्मका बालबालिकाको मुआक परीक्षणका क्रममा १ हजार ७ सय जनामा कुपोषण देखिएको हो । २४ हजार ६ सय २२ बालक र २२ हजार ५ सय ५९ बालिका गरी कुल ४७ हजार १ सय ८१ बालबालिकाको मुआक स्क्रिनिगंका क्रममा भेटिएका जिल्लाभरका कुपोषितको प्रतिशतका आधारमा हेर्दा ३ दशमलव ७३ प्रतिशत हुन आउँछ ।

पाखुराको नाम लिएर गरिने मुआक परीक्षणका क्रममा जिल्लाभरका २ सय ४ जना बालबालिकामा कडा शिध्र कुपोषण ९साम० र १ हजार ४ सय ९६ बालबालिकामा मध्यम शिध्र कुपोषण ९माम० गरी १ हजार ७ सय बालबालिकामा कुपोषण भेटिएको हो । पाखुराको मुआक लिँदा ५ दशमलव ५ सेन्टिमिटरदेखि ११ दशमलव ५ सेन्टिमिटर सम्मकालाई रातो चिन्ह अर्थात् कडा शिध्र कुपोषण र ११ दशमलव ५ देखी १२ दशमलव ५ सेन्टिमिटरलाई पहेँलो अर्थात् मध् त्यसै गरी १२ दशमलव ५ सेन्टिमिटर भन्दा बढिलाई भने सामान्य अवस्थाको मानिन्छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले सञ्चालन गरेको पोषण मार्फत जीवन रूपान्तरण परियोजना अन्तर्गत हेलन केयर, भिटामिन एन्जेल र आईडिई नामक दातृ निकायको सहयोगमा सञ्चालित परियोजना अन्तर्गत २०२४ को जुलाईदेखि हाल सम्मको अवधिमा जिल्लाभरका बालबालिकाको मुआक लिइएको परियोजनाकी संयोजक कमला शुकलाले जानकारी दिइन ।

संयोजक शुकलाले प्रस्तुत गरेको तथ्याङ्क हेर्दा जिल्लामा सबै भन्दा बढी महाराजगन्ज नगरपालिकाका बालबालिकामा कुपोषण देखिएको छ । सो नगरपालिकामा ५ हजार ७ सय ९५ बालबालिकाको पाखुरा जाँचको क्रममा ५३ जनामा ९शून्य दशमलव ९६ प्रतिशतमा० कडा शिध्र कुपोषण र ३ सय २० जना ९५ दशमलव ८२ प्रतिशतमा० बालबालिका मध्यम शिध्र कुपोषण देखिएको छ । त्यसैगरि महाराजगन्ज नगरपालिका पछि कृष्ण नगर नगरपालिकामा ३३ जना ९शून्य दशमलव ६५ प्रतिशतमा० कडा शिघ्र कुपोषण र २ सय १८ जना ९४ दशमलव २८० प्रतिशतमा मध्यम शिघ्र कुपोषण देखिएको हो । जिल्लामा सबै भन्दा कम कडा शिध्र कुपोषण देखिएको पालिकामा बाणगंगा र बिजयनगर रहेका छन् । बाणगंगामा शून्य दशमलव १६ प्रतिशत र बिजयनगरमा शून्य दशमलव २६ प्रतिशत बालबालिकामा कडा शिध्र कुपोषण रहेको देखिएको छ ।
परियोजना अन्तर्गत स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा मुआक लिनका लागि जिल्लाभरका ९६ वटै वडामा रहेका १ हजार १ सय ७ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई फिल्डमा खटाइएको जनाइएको छ ।

कुपोषित भेटिएका बालबालिका मध्य कडा शिघ्र कुपोषित बच्चालाई तयार पारिएको उपचारात्मक खाना ९आरयुटिएफ० दिइने र मध्यम शिध्र कुपोषितका हकमा पोषणयुक्त खाजा सुपर सिरियल दिएर उपचार गरिएको जनाइएको छ । जिल्ला भरीमा रहेका ८९ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू मध्ये ४४ वटा स्वास्थ्य संस्थाहरूमा पोषण उपचारका लागि बहिरङ्ग सेवा ९ओ टी सी सेन्टर० रहेका छन् । कडा शिघ्र कुपोषण पाइएका बालबालिकाहरूलाई उक्त ओटी सी सेन्टरले विशेष उपचार सेवा प्रदान गर्ने गरेको थियो । ओटी सी सेन्टरमा उपचार हुन नसकेका बालबालिकालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा रिफर गरिएको प्रस्तुतीकरणका क्रममा जनाइएको थियो । कुपोषणको बोर्डर लाइनमा भएका बालबालिकालाई ओटी सी सेन्टरमा पठाएर जेडिस्कोर (उमेर अनुसार उचाइ र तौलको मापन) लेखाजोखा गरेर पोषणको अवस्था निर्क्योल गर्ने गरिएको छ ।

जिल्लामा कुपोषित भेटिएका १ हजार ६ सय ३ जना बालबालिकालाई उपचारका लागी बहिरङ्ग सेवा ९ओटी सी सेन्टर० पठाएकोमा १ हजार ४१ जनाको कुपोषणको अवस्थामा सुधार आए पछि डिस्चार्ज गरिएको छ । ओटी सी सेन्टरमा उपचार हुन नसकेका बालबालिकालाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालको पोषण पुनर्स्थापना केन्द्रमा रिफर गर्दा उपचारका लागी जान नमान्ने र उपचारमा पुगेकाहरू पनि टाढा भएको तथा भाषागत समस्याका कारण बस्न नखोजेको जस्ता समस्या पर्ने गरेको संयोजक शुकलाले गुनासो गरिन । जिल्ला अस्पतालमै पोषण पुनर्स्थापना केन्द्र स्थापना गर्न सकिए कुपोषित बालबालिकाले सहज रूपमा उपचार सेवा पाउने वातावरण बन्ने उनले सुझाव दिइन । मुआक परीक्षणले मात्रै कुपोषणको अवस्था प्रभावकारी रूपमा प्राप्त हुन नसक्ने हो की भनेर आगामी वर्षबाट तौल मसिन, उचाइ मसिन सहित जेडिस्कोर निकालेर अवस्था पत्ता लगाई उपचार अगाडी बढाउने योजना रहेको जनाइन ।

पोषण मार्फत जीवन रूपान्तर परियोजना अन्तर्गत गँड्यौला खेती गरी तयार पारिने भर्मि कम्पोस्ट मललाई उद्यमको रूपमा अगाडी बढाउन समुदाय सँग सहकार्य गरिएको कार्यक्रम अधिकृत जङ्गबहादुर गुरुङले बताए । जिल्लामा अझै पनि कुपोषणको अवस्था देखिएकाले सबै पक्षको सहकार्यमा सचेतना कार्यक्रमसँगै विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम चलाउनुपर्ने नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालको सुझाव थियो । गोबरको उपलब्धता हुने पशु पालक कृषकलाई लक्षित गरी गँड्यौलाबाट बनाइने भर्मि कम्पोस्ट मलको कार्यक्रममा जोडेर पोषणको अवस्था सुधार्न सकिने कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलले बताए । जिल्लाका पालिकाहरूले पोषणको अवस्था सुधार्न सहकार्य र साझा रणनीति बनाएर अगाडि बढ्न तत्पर रहेको कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलको भनाइ थियो ।

नेपाल सरकारको एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कको आधारमा जिल्लाका सबै बालबालिकाको मुआक परीक्षण गरी कुपोषणको तथ्याङ्क तयार पार्ने कार्य उदाहरणीय भएको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताए । उनले बुटवल स्थित पोषण पुनर्स्थापना केन्द्रमा प्रदान गरिने सेवालाई मैत्रीवत बनाउन तथा भाषागत समस्याका कारण सेवा लिन जान हिच्किचाउने वातावरण हुन नदिन सम्बन्धित निकायलाई सुझाव दिइने आचार्यले स्पष्ट पारे । परियोजना अन्तर्गत मुआक परीक्षणका क्रममा कुपोषितलाई उपचारसँगै सेवा प्रवाहमा सहजताका लागी पूर्वाधार निर्माण, पोषणको अवस्थामा सुधारका लागि कृषि सम्बन्धी कार्यक्रम मार्फत आयआर्जनका गतिविधिलाई प्राथमिकता दिइएको कालिकाका कार्यकारी निर्देशक रामेन्द्र सिंह रावलले बताए । कार्यक्रममा कालिकाका अध्यक्ष मन्दिप सिंह, जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारी सहित जिल्लाका विभिन्न पालिकाका प्रमुख, विषयगत शाखाका प्रमुखहरूले जिल्लामै पोषण पुनर्स्थापना केन्द्र आवश्यक रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?