ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पनाहा खोलामा सेना र प्रहरीको उद्धार अभ्यास

१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

गुल्मी, १० जेठ ।

गुल्मीको पनाहा खोलामा शुक्रवार विपद्जन्य कृत्रिम घटना अभ्यास प्रदर्शन गरिएको छ । रेसुङ्गा नगरपालिका र इस्मा गाउँपालिकाको सिमाना पनाहा खोलामा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सहभागितामा उक्त विपद्जन्य कृत्रिम घटनाको अभ्यास गरिएको हो ।

विपद्को समयमा तत्काल कसरी उद्धार गर्ने र कसरी त्यसको व्यवस्थापन र उद्धार क्षमतामा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले पनाहा खोलामा एकदिवशीय कृत्रिम घटना अभ्यास कार्यक्रम प्रदर्शन गरिएको हो । “अभ्यास मनसुन –५” नामकरण गरिएको उक्त कार्यक्रममा आगलागी, बाढी, डुबान, खोँच तथा अफ्ठेरो भूभाग जस्ता सम्भावित स्थानमा प्राकृतिक प्रकोपमा परेका व्यक्तिलाई कसरी प्रभावकारी रूपमा उद्धार गर्ने भन्ने विषयमा घटनाको अभ्यास गरिएको थियो ।

कार्यक्रममा नेपाली सेनाको श्री रामवाण गुल्म, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतको समन्वयमा विभिन्न सामग्री र उपकरणहरूको प्रयोग गरी उद्धार सम्बन्धी कार्य गरिएको थियो । त्यसका साथै आगलागी नियन्त्रण, डुबेका व्यक्तिको उद्धार, घाइतेको प्राथमिक उपचार, घाइतेलाई सुरक्षित स्थानमा स्थानान्तरण जस्ता कृत्रिम अभ्यास समेत प्रदर्शन गरिएको थियो । अभ्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले यस्ता प्रकारका अभ्यासहरू जिल्लामा आवश्यक रहेको भन्दै यिनले स्थानीय तहमा विपद् व्यवस्थापन क्षमतामा सुधार ल्याउने बताए ।

उनले कृत्रिम घटना अभ्यासले आपत्कालीन अवस्थामा सुरक्षा निकायबिचको समन्वयलाई आगामी दिनमा थप मजबुत बनाउने विश्वास व्यक्त गरे । आपत्कालीन परिस्थितिमा कठिन भूभाग, पहाडको खोँच, खोलामा डुबेको स्थिति तथा आगलागी भएको अवस्थामा तत्कालै कसरी उद्धार गर्ने भन्ने विषयमा जानकारी दिनका लागि कृत्रिम घटना अभ्यास गरिएको तम्घास स्थित श्री रामवाण गुल्मका प्रमुख एवं सेनानी तिलक केसीले बताए । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा सञ्चालन भएको अभ्यास कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीयवासी, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?