ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

योग समिति नेपाल सातौं वर्षमा प्रवेश, नेपालगन्जमा ’विशेष’ कार्यक्रम

१० जेष्ठ २०८२, शनिबार
१० जेष्ठ २०८२, शनिबार

नेपालगञ्ज, १० जेठ ।

योग समिति नेपालले शनिबार आफ्नो सातौं स्थापना दिवस मनाएको छ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको योग समिति नेपाल सातौ वर्षमा प्रवेश गरेको अवसरमा एक औपचारिक कार्यक्रम गर्दै स्थापना दिनवस मनाएको हो ।

औपचारिक कार्यक्रम अघि नेपालगञ्ज बजारको विभिन्न भागको परिक्रमा गर्दै निस्किएको प्रभातफेरी बीपी चोक पुगेर सभामा परिणत भएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालय परिसरमा आयोजित सभालाई संघीय सांसद डा. धबल संम्सेर राणाले सम्बोधन गर्दै योग सबैका लागि जरुरी रहेकाले हरेक व्यक्तिले योग गर्नुपर्ने धारणा राखे ।

मानिसलाई स्वस्थ रहनका लागि योग अपरिहार्य रहेको उनले जोड दिए । योग समिति नेपालले योग सम्बन्धी सन्देश फैलाउन निरन्तर सक्रिय रहेको भन्दै उनले त्यसका लागि समितिलाई धन्यवाद दिए । उनले आफ्नो १ महिनाको तलब योग समिति नेपालको भवन निर्माणका लागि सहयोग स्वरुप प्रदान गर्ने उद्घोष पनि गरे ।

योग समिति नेपालले नेपालगञ्जबासीलाई नियमित योग गराई स्वस्थमय राख्न उनले अनुरोध गरे । योग समिति नेपालका अध्यक्ष एवं आयुर्वेदाचार्य योग गुरू गिरीराज भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विभिन्न १२ बिधामा उत्कृष्ट कार्य गरेका सदस्य, शुभचिन्तक तथा सहयोगीहरुलाई सम्मान प्रदान गरिएको थियो । डा विनोद थापाले बोल्दै योग आफुले गरे मात्रै फाइदा हुने स्वयम् आफु नै यसको उदाहरण भएको बताउदै विहान सुतेर जाने समयलाई सदुपयोग गर्र्न सबैमा अनुरोध गरे ।

उनले योग समिति नेपालको भवन निर्माणमा एक लाख दस हजार सहयोग गर्ने घोषणा गरे । त्यस्तै योग समिति नेपालकी योग प्रशिक्षक सकुन्तला भट्टराईले एक लाख एक हजार सहयोग गर्ने प्रतिबद्धता जनाएको समितिकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमीत्रा)ले जानकारी दिइन् ।

योग समिति नेपाल छोटो समयमा सर्वसाधारणलाई योग गर्नका लागि प्रेरित गर्न सफल भएको छ । बाँकेमा २०७६ सालमा स्थापना भएको योगसमिति नेपालमार्फत नेपालगञ्ज उपमहानगरपालिकाको २३ वटै वडामा हाल ७ हजार बढीले योगबाट लाभ लिइरहेको योग समिति नेपालका केन्द्रीय अध्यक्ष एवं योग गुरु गिरिराज भट्टराईले जानकारी दिए ।

अहिले सम्म ४० वटा योग प्रशिक्षण तथा अभ्यास केन्द्र सञ्चालनमा रहेको उनले बताए । अध्यक्ष भट्टराईका अनुसार योग समिति नेपाल हाल नेपालका ७ वटा जिल्ला बाँके, बर्दिया, सुर्खेत जाजरकोट,प्युठान, रुपन्देही, नवलपरासी र भारतको उत्तर प्रदेशमा समेत शाखा विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?