© २०२३
काठमाडौं, ९ जेठ।
सरकारले आगामी एक वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ। पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई यस्तो सिफारिस गरेपछि कार्ययोजना बनाइएको हो।
प्रधानमन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा बनेको कार्यान्वयन समितिले आयोगको सुझावलाई मूर्त रूप दिन वैदेशिक लगानी खोल्ने दिशामा कार्ययोजना अघि बढाएको छ। सरकारले कृषि क्षेत्रमा प्रविधि, पुँजी र व्यवस्थापनको प्रवाहमार्फत उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यसहित यो कदम चाल्न लागेको हो।
सरकारको यो तयारीले दीर्घकालीन आर्थिक विकासमा कृषिको योगदान बढाउने आशा गरिएको छ, तर यो निर्णयले राजनीतिक र सामाजिक तहमा बहस पनि ल्याउने सम्भावना छ।