ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

बोर्डिङ स्कुलमा निःशुल्क पढ्ने व्यवस्था

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

सुनवल, ०८ जेठ ।
रामग्राम नगरपालिकामा निजी अर्थात संस्थागत विद्यालयमा गरिब विपन्न परिवारका बालबालिका निशुल्क पढ्ने व्यवस्था गरिएको छ । रामग्राम नगरपालिकाले निजी क्षेत्रलाई पनि थप जिम्मेवार र उत्तरदायी बनाउदै बोर्डिड्ड स्कुलमा रामग्राम क्षेत्र भित्रका २ सय ५० जना बालबालिकालाई कक्षा ४ देखि कक्षा ११ सम्म पूर्ण छात्रवृत्तिमा पढ्ने व्यवस्था मिलाएको जनाएको छ । मेयर छात्रवृत्ति कार्यक्रम बारे जानकारी गराउँदै यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सञ्चालनमा आएको जानकारी दिएको छ । नगरभित्रका २४ वटा संस्थागत विद्यालयमा निःशुल्क विद्यार्थी अध्ययन गर्न पाउने गरी मेयर छात्रवृत्ति कार्यक्रम लागू गरिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन (प्याब्सन) र नगरपालिकाबीच मेयर छात्रवृत्ति कार्यक्रममा हस्ताक्षर भई चालु शैक्षिक सत्रबाट कार्यक्रम सञ्चालनमा आएको नगर प्रमुख धनपत यादवले बताए ।

मापदण्ड अनुसार गरिब विपन्न, जेहेन्दार, सीमान्तकृत समुदाय, सहिद परिवारका बालबालिकाले कक्षा ४ देखि ११ सम्म पूर्ण रूपमा निशुल्क पढ्न पाउनेछन् । निजि सङ्घ संस्थाको पनि आफ्नै सामाजिक उत्तरदायित्व छ, सोही अनुरूप हामीले अनुरोध गरेअनुसार संस्थागत विद्यालयहरूले छात्रवृत्तिमा अध्यापन गराउन तयार हुनुभयो, यो निकै सुखद कुरा हो ।’ नगर प्रमुख यादवले भने । निजी क्षेत्र संगको सहकार्य बढाउँदै जाने योजना अनुरूप विद्यालयहरू संग छात्रवृत्तिको कार्यक्रम ल्याईएको बताउदै यादवले शैक्षिक सुधारको अभियानको रूपमा नगरले काम गरिरहेको उल्लेख गरे । प्याब्सनका रामग्राम नगर अध्यक्ष बलिराम यादवले नगरले सुरु गरेको शैक्षिक सुधारको अभियानमा संस्थागत विद्यालयको उत्तरदायित्व अन्तरगत स्थानीय सरकारलाई सहयोग गरेको बताए ।

नगर प्रमुखले पटक पटक आग्रह गरे, हामीले पनि उत्तरदायित्व बहन गर्दे विभिन्न समस्याका बिचबाट नगरपालिकालाई सहयोग गर्ने निर्णयमा पुगेका हौँ, अध्यक्ष यादवले भने । रामग्राम नगरपालिकाले विद्यार्थी छनौटको मापदण्ड बनाएर मापदण्ड अनुसार छनौट भएका बा-लबालिकालाई विभिन्न संस्थागत विद्यालयमा छात्रवृत्तिमा अध्ययनका लागि पठाउने छ । एउटा संस्थागत विद्यालयमा बढिमा १६ जना सम्म विद्यार्थी निःशुल्क अध्यापन गराउनु पर्ने गरी मापदण्ड तय गरिएको शिक्षा अधिकृत सुन्दर खनालले बताए । साढे दुई सय विद्यार्थीका लागी संस्थागत विद्यालयको झन्डै वार्षीक एक करोड खर्च हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?