ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

बुटवलमा ‘मोक्ष सभाहल’ उद्घाटन, जीवन विज्ञान र योग सिकाईने

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

बुटवल, ८ जेठ । आजको शहरी जीवनशैली मानिसका लागि दिनप्रतिदिन अभिशाप बन्दै गएको छ । बिहान उठेपछि नै दैनिकीको दौडधुपमा व्यस्त हुने, समयमै खाना नपुग्ने, शारीरिक व्यायाम नगर्ने र ध्यान तथा योगको पूर्ण अभावले मानिसहरू विभिन्न रोगब्याधीको चपेटामा परिरहेका छन् ।
विशेषगरी मानसिक तनाव, उच्च रक्तचाप, मधुमेह, मोटोपनजस्ता जीवनशैलीजन्य रोगहरू तीव्र रूपमा बढिरहेका छन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार शारीरिक सक्रियता, नियमित योग अभ्यास र ध्यानमार्फत मात्रै यस्तो अवस्थाबाट बच्न सकिन्छ । यसै कुरालाई मध्येनजर गरि बुटवल–१३ बदेलपोखरीमा आरोग्य मिलन जीवनयोग प्रयोगशालाको स्थापना गरी ‘मोक्ष सभाहल’ संचालनमा ल्याइएको छ । जहाँ योग, ध्यान, जीवन विज्ञान र परोपकारको माध्यमबाट मानिसलाई स्वस्थ र सन्तुलित जीवनको बाटो देखाउने प्रयास गरिने आयोजकको भनाई छ ।

बुटवलका पुरानो पर्यटन ब्यवसायी माधव नेपाल र गमला नेपाल दम्पतीले बुटवल–१३ स्थित बदेलपोखरीमा ‘आरोग्य मिलन जीवनयोग प्रयोगशाला’ अन्तर्गत ’मोक्ष सभाहल’ निमार्ण गरेका हुन । एक समारोहबीच श्रदेय गुरु रमेश नेपालले सभाहल उद्घाटन गर्दै जीवनको सार, योग अभ्यास र परोपकारको महत्वमाथि प्रकाश पारे । नेपालले मानिसको ब्यस्त जीवनशैलीका कारण विभिन्न रोगब्याधी बढिरहेको भन्दै जीवनमा सन्तुलन कायम राख्न योग र अध्यात्म अपरिहार्य भएको उल्लेख गरे । “सुखको सूत्र मानव जातिको सेवा हो,” उनले भने, “परिवारमा पारस्परिक आदर, विश्वास र समझदारी भए त्यहाँ नै स्वर्ग बस्दछ ।” उनका अनुसार, धन र ज्ञान मात्र पर्याप्त होइन, मानिसले दिने बानी र सेवा भाव अपनाउन आवश्यक रहेको बताए । “दान गरेर कोही कंगाल भएको छैन, मागेर कोही अरबपति भएको छैन,” उनले भने, “ईश्वरलाई मूर्तिमा होइन, जीवित प्राणीको सेवामा खोज्नुपर्छ ।”

‘मोक्ष सभाहल’ मा हरेक बिहान डेढ घण्टा योग अभ्यास गरिने जानकारी दिँदै यसले मानसिक तथा शारीरिक सशक्तिकरण गरी जीवनमा मुक्ति प्राप्त गर्न सकिने बताए । उनले भने, “हरेक मानिसको हृदयमा भगवान बस्नुहुन्छ भन्ने कुरा व्यवहारमा उतार्न जरुरी छ । अरुलाई दुःख दिएर कमाएको धनले शरिरमा नै पीडा ल्याउँछ । कमाई अरुलाई खुशी बनाउने माध्यम हुनुपर्छ ।” उनका अनुसार मानिसले आफ्नो क्षमतालाई चिन्न नसक्दा जीवनमा पछि पर्नु परेको छ । त्यसैले आत्मपरीक्षण र योग अभ्यास जीवन सुधारको मूल उपाय हुन् । गुरु नेपालले भने, “वेदब्यासले वेदको सार परोपकारमा खोजेका छन् । कुनै पनि जीवलाई दुःख दिनु ईश्वरलाई दुःख दिनु हो । त्यसैले परोपकार नै सर्वोच्च धर्म हो ।”

सभाहल निमार्णको उद्देश्य समुदायका व्यक्तिको शारीरिक, मानसिक र आत्मिक कल्याणसहित समाजमा सकारात्मक परिवर्तन ल्याउनु रहेको समाजसेवी माधव नेपालले बताए । बगैचासहितको आर्कषक रमणिय सभाहलको बढीभन्दा बढी सदुपयोग गर्न समेत उनले आग्रह गरे । यसैबिच आगामी असार ६ गते तनाव व्यवस्थापन र ७ गते सुशी विज्ञान सम्बन्धी विशेष प्रशिक्षण सञ्चालन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?