ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

जैविक विविधता संरक्षणमा ढिलाई नगरौं

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

‘दिगो विकासका लागि प्रकृति संरक्षण गरौं’ भन्ने नाराका साथ आज जैविक विविधता दिवस मनाईदैछ । हरेक वर्षको मई २२ लाई अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका रूपमा मनाउने गरिएको छ । जैविक विविधता दिवस मनाउँदै गर्दा नेपालमा रहेका जैविक सम्पदाको संरक्षणमा राज्यको ध्यान अझै पुग्न सकेको छैन् । इतिहासतर्फ फर्केर हेर्दा सन् १९९२ मा ब्राजिलको राजधानी रियो द जेनेरियोमा सम्पन्न संयुक्त राष्ट्रसंघीय वातावरण र विकाससम्बन्धी पृथ्वी सम्मेलनले वातावरण संरक्षण र दिगो विकासका लागि जैविक विविधता महासन्धिको रूपरेखा तयार पारेको थियो । हरितयुद्धको शुभारम्भ मानिएको यस सम्मेलनमा विश्वका १७८ राष्ट्रले भाग लिएका थिए र सम्मेलनकै समयमा नेपाललगायत १५२ राष्ट्रले यस महासन्धिमा हस्ताक्षर गरेका थिए । त्यसपछि मई २२ लाई विश्व जैविक विविधता दिवसको रूपमा मनाउन थालिएको हो । जैविक विविधताको संरक्षण, विकास र यसको दिगो उपयोगिताका लागि विभिन्न प्रयासहरू भैरहेका छन् । नेपालले पनि आफ्नो प्रतिवद्धता विश्वमाझ सार्वजनिक गर्दै आएको छ । तर, नेपाल मात्रै होइन, विश्वले नै जैविक विविधताको संरक्षण गर्नेतर्फ अग्रसरता नदेखाउँदा विश्वमा अनेकखाले वातावरणीय विकृति र विसंगतिको जन्म भएको छ । राष्ट्रसंघका सदस्य राष्ट्रहरूले पनि यो दिनका अवसरमा विशेषगरी आफ्नो मुलुकमा भएका जैविक विविधताको संरक्षणमा जोड दिने गरेका छन् । दिवस मनाउँदै गर्दा नेपाल जैविक विविधताको क्षेत्रमा विश्वकै धनी देश हो भन्दा अत्युक्ति हुँदैन ।

मुलुकको भौगोलिक बनावट र जलवायुका कारण जैविक विविधतामा नेपाल विश्वमा सबैभन्दा धनी मुलुकको रूपमा रहेको छ । विश्वको ०.१ प्रतिशत मात्र भू–भाग नेपालको भएपनि नेपाल धेरै प्रकारका जैविक विविधताले धनी छ । निश्चित रूपमा नेपालको जैविक विविधता अहिले संकटमा परिरहेको छ । तर त्यसको न्यूनिकरणका लागि फेरिपनि हामी सवै नेपालीले जोड दिनु आवश्यक छ । विश्वभर अनुमान गरिएका ८० लाख जीवजन्तु, वनस्पतिका प्रजातिहरू जैविक विविधता हुन । नेपालमा अहिलेसम्म जनावरका २०८, चराका ८७८, सर्प र भ्यागुताका १४३, माछाका १८५, पुतलीका ६४० र फूल फुल्ने वनस्पतिका पाँच हजार १६० प्रजाति अभिलेख गरिएको छ । मानव अस्तित्व जैविक विविधताामा अडिएको छ । अहिले धान, गहुँ, मकैलगायत खाद्यान्नका २० प्रजातिले विश्वको ९० प्रतिशत खाद्यान्नको आपूर्ति हुने गरेको छ । अहिले एक प्रजातिको जिन अर्को प्रजातिमा प्रत्यारोपण गर्न सक्ने प्रविधिको विकास भएको छ । योसँगै जैविक विविधताको महत्व अझै बढेर गएको छ । नेपालका यी विविधताहरूको संरक्षणमा समेत अव विशेष ध्यान दिनु जरुरी छ । यो बर्षको दिवसको नारा नै योजनाको हिस्सा बन्नुहोस् भन्ने रहेकोले नेपालका सवै सरोकारवाला निकाय र बाताबरणबिदहरूले जैविक विविधताको संरक्षणतर्फ पहल गर्नु जरुरी छ ।

जैविक विविधताको रूपमा रहेका असंख्या प्राकृतिक श्रोत र सम्पदाको संरक्षणमा ध्यान दिऔं । दिवस मनाउने औपचारिकता पूरा गर्नेमात्र होइन, दिवसको महत्वबोध गर्नेतर्फ पनि चासो र चिन्ता ब्यक्त गर्नु आवश्यक छ । तसर्थ औपचारिकतामा होइन, दिवसको सार्थकता उपलब्धि र नतिजामा खोजौं । अनिमात्र दिवस मनाउनुको तात्पर्य पुष्टी हुन्छ । खासगरी सरकारीस्तरमा यो दिवसलाई प्रभावकारी रूपमा मनाउने गरिएको अहिलेसम्म सुनिएको छैन । दिवसको उपादेयता एक दिनको औपचारिकताले पुष्टी हुँदैन । तसर्थ दिवससंगै दिवस मनाउनुको औचित्य पुष्टी गरौं । दिवसका अवसरमा प्रस्तुत सन्देशलाई कार्यान्वयन गर्नेतर्फ पहल गर्रौ । विश्व जैविक विविधतामा धनी छ । यो साखलाई पुस्तौंपुस्तासम्म जोगाएर राख्ने हो भने अहिलेदेखि नै जीवजन्तु संरक्षणमा आवश्यक पहलकदमी उठाउन ढिलाई गर्नुहुँदैन । नेपाल सरकारमात्रै होइन, सम्वद्ध अन्तर्राष्ट्रिय संस्थाहरूको पनि यो विषयमा गंभीररूपमा ध्यान जाओस् । तारे होटलमा गरिने दिवसका कार्यक्रम सार्थक नभएको कुरा सार्वजनिक भैरहँदा यो दिवस जैविक विविधताले महत्वपूर्ण क्षेत्रमा आयोजना गरेर नयाँ अभ्यासको सुरुवात गरियोस् । जैविक विविधता संरक्षणमा अहिलेसम्म ढिलाई भएको छ । तर, अव नेपाल सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने संरक्षणको काममा ढिलाई नगरोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?