© २०२३
काठमाडौँ, ०८ जेठ ।
नेपालमा ‘आयन’ इलेक्ट्रिक सवारीहरूको आधिकारिक विक्रेता सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई आधिकारिक ब्रान्ड एन्डोर्सर नियुक्त गरेको छ । अभिनेत्री राउतलाई आधिकारिक ब्रान्ड एन्डोर्सर नियुक्त गर्दै सीजी मोटर्सले ‘एक्स्ट्राअर्डिनरी आयन भी’ गाडीसमेत हस्तान्तरण गरेको हो । नेपाली चलचित्र उद्योगमा आफ्नो आत्मविश्वासी उपस्थिति, सौन्दर्य तथा जीवन्त व्यक्तित्वका लागि परिचित राउत अब ‘आयन भी’ परिवारको हिस्सा बनेको सीजी मोटर्सले जनाएको छ ।
बहुआयामिक क्षमता बोकेको ‘आयन भी’ ले समेत ईभी सेगमेन्टतर्फ नवीनतम प्रविधि, अत्याधुनिक डिजाइन, उच्चतम सुविधा तथा आरामदायक अनुभवमार्फत नयाँ मापदण्डहरू स्थापित गर्दै आएको छ ।
सीजी मोटर्सका जीएम–सेल्स सुल क्षेत्रीले भने,‘हामी वर्षा राउतलाई आयन भीको ब्रान्ड एन्डोर्सरको रूपमा स्वागत गर्न पाउँदा अत्यन्तै उत्साहित छौँ । उनको अग्रगामी सोच, आधुनिक जीवनशैली र सस्टेनेबिललिटीप्रतिको प्रतिबद्धता आयन भी को पहिचानसँग पूर्ण रूपमा मेल खान्छ । हामी मिलेर नेपालमा विद्युतीय सवारीको भविष्य पुनः परिभाष्ति गर्ने आशा राख्छौँ ।’‘आयन भी’ को ८–प्वाइन्ट मसाज सिट, इनबिल्ट फ्रिज र हिटर, प्यानोरामिक सनरूफजस्ता विशेषताहरूले प्रत्येक यात्रालाई विशेष, आरामदायी र सन्तुलित बनाउँछ । ‘आयन भी’ मा रहेको ७५.३ किलोवाट आवर क्षमताको ब्याट्री तथा ६५० किमीको रेन्जले लामो यात्रा पनि ढुक्कका साथ गर्न सकिने विक्रेता सीजी मोटर्सको भनाइ छ ।अभिनेत्री राउत भन्छिन्,‘आयन भी केवल गाडी होइन, यो एक अनुभव हो ।
यसको लक्जरी, स्मार्टनेस र व्यवहारिकता मेरो जीवनशैलीसँग गहिरो रूपमा मेल खान्छ । मसाज सिट, हिटिङ–कुलिङ, इनबिल्ट रफ्रिजरेटरजस्ता फिचरहरूले यो गाडीलाई अरू सबैभन्दा फरक बनाएको छ। यस्तो ब्रान्डको प्रतिनिधित्व गर्न पाउँदा म गर्व महसुस गर्दैछु ।’चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स नवीन प्रविधि र विश्वव्यापी साझेदारमार्फत दिगो मोबिलिटी समाधान प्रदान गर्न समर्पित छ । नेपालमा ‘आयन ईभी’ को एकमात्रआधिकारिक विक्रेताको रूपमा सीजी मोटर्सले देशलाई सफा र सशक्त भविष्यतर्फ अग्रसर गरिरहेको छ ।