Butwal Today

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा वकिलको बहस सकियो

८ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी सर्वोच्च अदालतमा दायर रिटमा उनका वकिलहरूको बहस सकिएको छ।

बिहीबार सर्वोच्च अदालतमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ ले बहस गरेका थिए। समय अभावका कारण बहस हेर्दाहेर्दैमा राखिएको भए पनि, अन्ततः लामिछानेका वकिलहरूको तर्फबाट बहस सम्पन्न भएको हो।

लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए। यसअघि जिल्ला अदालत रुपन्देहीले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर उच्च अदालत बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि उक्त आदेशविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको हो।

अब यस मुद्दामा सरकारी वकिलको तर्फबाट जवाफ बहस हुने अपेक्षा गरिएको छ। सर्वोच्च अदालतले अन्तिम फैसला कहिले दिने भन्नेबारे अझै तय गरिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?