© २०२३
काठमाण्डौ –
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई बोलाएको बखत उपस्थित हुने गरी छुटेका छन् ।
अख्तियारले उनलाई हिजो राति कागज गराएर छोडेको हो । भट्टराईलाई आज बिहीवार अख्तियारमा उपस्थित हुन निर्देशन दिइएको छ ।
भिजिट भिसाको आवरणमा मानव तस्करसँग सेटिङ गरेर नेपालीलाई विभिन्न देश पठाएको आरोपमा अनुसन्धानका लागि उनलाई अख्तियारले हिजो दिउँसो पक्राउ गरेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई अस्ति मङ्गलवार गृह मन्त्रालयमा तानिएका थिए ।
भट्टराईलाई पक्राउ गर्नुअघि अख्तियारले विमानस्थल अध्यागमन कार्यालयबाट कम्प्युटरलगायत विद्युतीय डिभाइस र कागजातसमेत नियन्त्रणमा लिएको छ ।