Butwal Today

दुर्गा प्रसाईंसहित ५६ जनालाई हिरासतमा राख्न म्याद थप

८ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ  ।

काठमाडौँ जिल्ला अदालतले तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ।

चैत १५ गतेको प्रदर्शनमा हिंसा भएपछि २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए। प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधका आरोपमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?