© २०२३
काठमाडौँ ।
काठमाडौँ जिल्ला अदालतले तीनकुनेमा भएको राजावादी प्रदर्शनमा संलग्न दुर्गा प्रसाईंसहित ५६ जनालाई थप दुई दिन हिरासतमा राख्न म्याद थप गरेको छ।
चैत १५ गतेको प्रदर्शनमा हिंसा भएपछि २ जनाको ज्यान गएको थियो। प्रदर्शनकारीहरूले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गरेका थिए। प्रहरीले आपराधिक उपद्रव, राज्यविरुद्धको अपराध र संगठित अपराधका आरोपमा मुद्दा दायर गर्ने तयारी गरिरहेको छ।