ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दाङका विभिन्न वन क्षेत्रमा सातवटा वयस्क बाघ फेला

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

दाङ, ८ जेठ ।

दाङ जिल्लाका विभिन्न वन क्षेत्रमा सात वटा वयस्क बाघ फेला परेका छन् डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू– परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रहरुमा बाघ अनुगमनका लागि क्यामरा ट्रयाप सर्वेक्षणमा बाघको संस्या पत्ता लागेको हो । सात मध्ये एक भाले, दुई पोथी र चार वटा लिङ्ग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए । विभिन्न २३ स्थानमा जडान गरिएका क्यामेरामा कैद गरिएको हो ।

यो सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन निर्देशनालयको मार्गदर्शनमा २०८१ साल मङ्सिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएको थियो । ४० दिनसम्म सञ्चालन भएको सो अभियान अन्तर्गत २ किलोमिटर लम्बाइ र २ किलोमिटर चौडाइ भएका १ सय ९ वटा ग्रिडहरूमा क्यामेरा जडान गरी ४ सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए ।

उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाभित्र रहेका चार वटा स्थानीय तह घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र दंगीशरण गाउँपालिका भित्रका वन क्षेत्रलाई समेटेको थियो ।

सर्वेक्षण कार्यका लागि डिभिजन वन कार्यालयका ८ जना कर्मचारी, ८ जना स्थानीय नागरिक तथा १६ जना नागरिक अनुसन्धानकर्ता परिचालित गरी ८ वटा टोली बनाइएको थियो । हाल संकलित तथ्याङ्कहरूको विश्लेषण कार्य जारी छ भने विस्तृत प्रतिवेदन केही समयपछि सार्वजनिक गरिने जनाइएको छ ।

यससँगै, मध्ये तराई भू –परिधि क्षेत्रभित्र सञ्चालनमा रहेको तीन वर्षे जैविक विविधता सर्वेक्षण पनि पूरा भएको छ । दाङ, अर्घाखाँची र कपिलवस्तु जिल्लाका चार वटा डिभिजन वन कार्यालयहरूको समन्वयमा सम्पन्न उक्त अध्ययनमा हालसम्म जम्मा १० वटा वयस्क बाघ अभिलेख गरिएको छ ।

प्रारम्भिक अध्ययन अनुसार ती बाघहरू बाँके राष्ट्रिय निकुञ्ज वा भारतको सुहेलवा वन्यजन्तु संरक्षण क्षेत्रबाट कम्दी जैविक मार्ग हुँदै ओहोरदोहार गरेको हुन सक्ने अनुमान गरिएको छ । सीमावर्ती क्षेत्रहरूमा वन्यजन्तु संरक्षणका लागि आन्तरिक तथा दुई देश बिच प्रभावकारी समन्वयको आबश्यकता रहेको देखिएको छ ।

यस क्षेत्रमा बाघहरूको उपस्थिति नेपाल सरकारले सञ्चालन गरेका दीर्घकालीन वन्यजन्तु संरक्षण प्रयासहरूको सकारात्मक परिणामको रूपमा लिइएको छ । वन तथा भू –संरक्षण विभाग र लुम्बिनी प्रदेश सरकारको सहकार्यमा डब्लु डब्लु एफ नेपालले मध्य तराई भूपरिधि संरक्षण रणनीति तथा कार्ययोजना कार्यान्वयनमा निरन्तर सहयोग गर्दै आएको छ ।

डिभिजन वन कार्यालय देउखुरीका प्रमुख महेन्द्रराज वाग्लेले दाङमा पहिलो पटक बाघको गणना गरिएको बताए । वन्य जन्तु संरक्षणमा मानव जातीले सकारात्मक सहयोग गर्नुपर्ने बताए । उनीहरुको बासस्थान खण्डिकरण नगरी सहयोग गर्ने, घाँसे मैदानको संरक्षण गर्न आग्रह गरे । बिहान घाम नउदाउदै र बेलुका घाम अस्ताउने समयमा बाघ सकृय हुने भएकाले मानिस सो समयमा जंगलमा नपस्न सल्लाह दिए । नचलाउदा सम्म बाघले आक्रमण नगर्ने भएकाले बाघ देख्नासाथ आत्तिहाल्नु नपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?