ट्रेंडिंग:

>> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै

पाल्पालाई बेरुजुको साढे २० करोडको भारी

८ जेष्ठ २०८२, बिहीबार
८ जेष्ठ २०८२, बिहीबार

पाल्पा, ०८ जेठ ।
पाल्पाका स्थानीय तहको बेरुजु २० करोड बढी देखिएको छ । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा गरेको लेखापरिक्षणमा जिल्लाका १० वटा पालिकाहरूको बेरुजुु २० करोड ३८ लाख ९४ हजार रहेको पाइएको हो । अघिल्लो आव २०७९/०८० मा २७ करोड ९० लाख ९२ हजार बेरुजु थियो । जहाँ अहिले ७ करोड ५१ लाख ९८ हजारले कम हुन आएको छ । विगतमा यहाँका स्थानीय तहको बेरुजुको अवस्था डरलाग्दो रहे पनि पछिल्ला वर्षहरूमा केही कम हुँदै गएको देखिन्छ । यहाँ आव २०७८÷७९ मा ४१ करोड ३३ लाख १८ बेरुजु थियो । यसले जिल्लाका स्थानीय तहको बेरुजुको अवस्थामा केही सुधार हुँदै गएको देखिन्छ । सरकारी खर्च भए पनि स्रोत प्रमाणित हुन नसकेको हिसाबलाई महालेखा परीक्षक कार्यालयले बेरुजुका रूपमा राख्ने गर्छ ।

कुनै पनि कार्यालयमा बेरुजु देखिनु भनेको त्यहाँ वित्तीय अनुशासन कायम हुन नसक्नु हो । यसले सम्बन्धित कार्यालयमा अपारदर्शी तवरबाट आर्थिक क्रियाकलाप भइरहेको छ भन्ने प्रष्ट पार्दछ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार १३ अर्ब ३३ करोड ६८ लाख ७ हजार लेखापरीक्षण भएकोमा २० करोड ३८ लाख ९४ हजार बेरुजु देखिएको छ । यो लेखापरीक्षण भएको कुल रकम मध्ये १४ दशमलव ४३ प्रतिशत हो । यहाँका दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् । रकमको आधारमा सबैभन्दा बढी बेरुजु तानसेन नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम रैनादेवी छहरा गाउँपालिकाको देखिएको छ । सबैभन्दा बढी बेरुजु देखिएको तानसेनको ४ करोड ९५ लाख ८८ हजार अर्थात् २ दशमलव २९ प्रतिशत देखिएको छ भने सबैभन्दा कम रैनादेवीको ६२ लाख ३३ हजार अर्थात् ० दशमलव ४६ प्रतिशत देखिएको प्रतिवेदनमा उल्लेख छ ।

तानसेनमा अघिल्लो आर्थिक वर्ष तीन करोड २ लाख ३३ हजार बेरुजु देखिएको थियो । जुन कुल बेरुजुको १ दशमलव ७९ प्रतिशत हो । यस पटक सबै भन्दा कम देखिएको रैनादेवीमा अघिल्लो वर्ष १ करोड ४३ लाख ३४ हजार अर्थात १ दशमलव २३ प्रतिशत बेरुजुु थियो । त्यस्तै रामपुर नगरपालिकाको ३ करोड ३६ लाख ४ हजार अर्थात् २ दशमलव ५ प्रतिशत रहेको छ । यहाँ अघिल्लो वर्ष दुई करोड १६ लाख ९४ हजार बेरुजु देखिएको थियो । निस्दी गाउँपालिकाको २ करोड ७७ लाख २३ हजार अर्थात् २ दशमलव ७ प्रतिशत बेरुजुु देखिएको छ । यहाँ पनि अघिल्लो वर्ष ५ करोड ८ लाख ६६ हजार बेरुजु देखिएको थियो । यस्तै पूर्वखोला गाउँपालिकामा एक करोड ९३ लाख ७ हजार अर्थात् १ दशमलव ७१ प्रतिशत बेरुजुु देखिएको छ ।

यहाँ अघिल्लो वर्ष सात करोड १७ लाख २५ हजार बेरुजु आएको थियो । तिनाउ गाउँपालिकाको एक करोड ७२ लाख ८९ हजार अर्थात् एक दशमलव ६५ प्रतिशत बेरुजु आएको छ । यहाँ अघिल्लो वर्ष ६९ लाख २७ हजार बेरुजु आएको थियो । यस्तै माथागढी गाउँपालिकाको २ करोड ७ लाख ८४ हजार अर्थात् १ दशमलव ५७ प्रतिशत, बगनासकाली गाउँपालिकाको एक करोड ३८ लाख ६० हजार अर्थात् १ दशमलव १८ प्रतिशत, रम्भा गाउँपालिकाको ९२ लाख १३ हजार अर्थात् ० दशमलव ८९ प्रतिशत र रिब्दीकोट गाउँपालिकाको ६२ लाख ९३ हजार अर्थात् ० दशमलव ५६ प्रतिशत बेरुजु देखिएको छ । अघिल्लो वर्ष माथागढीमा ४ करोड १ लाख ९४ हजार, बगनासकालीमा ९८ लाख ७९ हजार,रम्भा २ करोड ३८ लाख ५४ हजार रिब्दीकोटमा ९३ लाख ८६ हजार बेरुजु रहेको थियो । जिल्लाको बेरुजुमा केही सुधार देखिए पनि अझै त्यसको रापताप भने कायमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?