Butwal Today

४ लाखभन्दा बढी ठगी गर्ने ट्राभल्स सञ्चालक पक्राउ

७ जेष्ठ २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ७ वैशाख।

ठगीमा संलग्न रहेको अभियोगमा एक ट्राभल्स एजेन्सी सञ्चालक पक्राउ परेका छन्। गिल्ट ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक काठमाडौं महानगरपालिका–२६ लैनचौर बस्ने २१ वर्षीय श्रृजेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

कार्कीले जर्मनीमा हुन लागेको अन्तर्राष्ट्रिय अपाङ्गता सम्मेलन–२०२५ मा सहभागी हुने व्यक्तिहरूका लागि हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटल बुकिङ समेत गरिदिन्छु भनी नक्कली कागजातहरू बनाई ४ लाख ३० हजार रुपैयाँ ठगी गरेको जनाइएको छ।

सो ठगीपछि आएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनीलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।