ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

भुतहा–महेशपुर सडक पिच हुँदा स्थानीयलाई राहत

७ जेष्ठ २०८२, बुधबार
७ जेष्ठ २०८२, बुधबार

नवलपरासी, ०७ जेठ ।

एक दशकदेखि मर्मत सम्भारको उपेक्षामा परेको सरावल गाउँपालिका स्थित भुतहा महेशपुर सडक पुनः पिच भएपछि स्थानीयबासी राहत हुने भएको छ । पटक पटक स्थानीयबासी र गाउँपालिकाले समेत सडक मर्मतका लागि सरोकारवाला निकायसँग गर्दै आएको भए पनि अहिले एक दशक पछि सो सडक मर्मत र स्तरोन्नती गरि पिच गरिएको हो । जिल्लाका महत्वपूर्ण सडकको अवस्थाबारे सरावल गाउँपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीलाई स्थलगत अवलोकन गराएर अवगत गराएका थिए । जिल्लाको भन्सार नाका देखि पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत १० बर्ष देखी मर्मत सम्भार नहुँदा जिर्ण भएको समस्याबारे लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकाललाई अवगत गराइएको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले जानकारी गराएको र अहिले सो सडक पिच भई रहेको जानकारी गराए । यसले स्थानियमा उत्साह बढाएको छ, उनले भने, विगत भन्दा अहिले सडक टिकाउ हुने विश्वास पनि गरिएको छ । पहिलो चरणमा भुतहा देखी हातीबनसम्म सडक पिच भएको छ । बाकी महेशपुरसम्मको सडक विस्तारै बन्दै जानेमा आफू विश्वस्त रहेको अध्यक्ष चौधरीले जानकारी गराएका थिए ।

उनका अनुसार मुलुकमा संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको थियो तर अहिले सो सडकको स्तरोन्नती सहित पिच गरिएको हुँदा टिकाउपन बढी हुने उनले विश्वास छ । पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको थियो । अहिले पनि उक्त सडक दुई जना संघीय सरकारका साँसद र तीन जना प्रदेश सरकारका साँसदको क्षेत्रलाई जोड्ने भए पनि सडकको मर्मत सम्भारमा कुनै पनि सरकारले चासो देखाएका थिएनन्,अध्यक्ष चौधरीले भने, सडकको अवस्था देखाउँदै मन्त्री ढकाललाई अवगत गराए,उनी सडक लुम्बिनी प्रदेश सरकारले नै बनाउने भनि आश्वास दिएका थिए । अहिले सडक पिच पनि भएको छ, उनले खुशी व्यक्त गर्र्दै थपे, लुम्बिनी प्रदेश सरकारले सडक बनाउन पहल ग¥यो । गाउँपालिकाबासीलाई राहत मिनेको छ ।संघियताले जनता नजिक सरकारलाई पु¥यायो, दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुँदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलता थियो,तर अब प्रदेश सरकारले नै स्वामित्व लिई काम गरेको देखिएको छ । अन्य सडकहरू पनि प्रदेश सरकारले बनाउदै लैजाने विश्वास जगाएको अध्यक्ष चौधरीले बताएका थिए ।

संघियता पूर्व केन्द्रिय शासन प्रणाली अन्तर्गत तत्कालिन जिविसले पनि आफ्नो कार्य गर्नका लागि विभिन्न गाविस र नगरपालिकाको प्रतिनिधत्व हुने गरि इलाकाहरू छुट्टइएका थिए । इलाका प्रतिनिधिहरूले जिविसको काम कर्तब्य पुरा गर्नुका साथै आ–आफ्नो इलाकाका विकास पूर्वाधारको जिम्मेवारी लिने गरेका थिए । त्यही बेला बनेका इलाका जोड्ने प्रायःसडकहरू अहिले कस्ले जिम्मेवारी लिई काम गर्ने भनेर अन्यौलताले पुराना सडक जीर्ण बनेको थियो । त्यही मध्येको एउटा सडक भुतहा—महेशपुर पनि हो । जिविसले सो सडकलाई विभिन्न दातृनिकायको सहयोगमा ओटासिल पक्की गरेको थियो । सो सडक अधिकाँस भाग सरावलमा परे पनि वर्दघाट नगरपालिका र पाल्हीनन्दन गाउँपालिकालाई समेत जोडेको छ । जिल्ला स्तरिय सडकको रूपमा चिनिने यि सडकहरूमा काम गर्ने जिविसबाट परिवर्तन भई जिल्ला समन्वय समिति (जिसस) कुनै काम गर्ने जिम्मेवारी र साधन स्रोत दिइएको छैन् ।

संघीय सरकारले ठूला आयोजनाका काम गर्ने गरेको छ । जिसससँग साधन स्रोत र अधिकार छैन् । संघियताले यि सडकलाई अलपत्र बनाएको स्थानियले महशुस गर्दै आएका थिए । भुतहा—महेशपुर सडक जिर्ण अवस्थाले स्थानियलाई समस्या भएको सडकको धेरै भाग ओगटने सरावल गाउँपालिकाका अध्यक्ष चौधरीले यो सडकको नियमित मर्मत सम्भार प्रदेश सरकारले नै गर्नु पर्ने माग गर्दै आएका थिए । सिमा नाकादेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग जोड्ने उक्त सडकको नियमित मर्मत सम्भार गर्नका लागि गाउपालिकामा प्राप्त अनुदानले काम गर्न सम्भव थिएन । यो सडक वर्दघाट नगरपालिका र पाल्हीनन्दन गाउपालिकालाई पनि जोड्छ । त्यो भएर प्रदेश सरकारले काम गर्नु पर्ने उनको भनाई थियो । नेपाली जनता नै यो सडकहरूमा आउजाउ गर्ने गरेका छन् । जिल्ला समन्वयसँग बजेट र कार्यक्रम छैन् तर समन्वय गर्ने अधिकार त उसैलाई संविधानले दिएको छ । जिल्लाका समस्याबारे समन्वय गरि तिनै तहका सरकारसँग पहलकदमी लिइनु पर्ने दायित्व नै जिससको हो । नामले नै जिल्ला समन्वय भनिएको छ, । जिल्लाका अधिकाँस समस्या संघका प्रतिनिधि र प्रदेश सरकारका प्रतिनिधिसँग आफू निरन्तर राख्दै आएको समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवले बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?